देश भ्रष्टाचारको महामारीले पीडित : पौडेल

देश भ्रष्टाचारको महामारीले पीडित : पौडेल

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश भ्रष्टाचारको महामारीले पीडित भएको बताएका छन्। शुक्रबार दमौलीमा तनहुँका विभिन्न स्थानीय तहका लागि पीपीईसहितका स्वास्थ्य सामग्री सहायता वितरण गर्दै उनले भूकम्प र कोरोनासँगै देशमा भ्रष्टाचारको संकट बढेको बताए। ‘देशमा दुर्भाग्य ओइरिएर आएको छ,’ उनले भने,‘सरकारले हचुवामा काम गरेर भ्रष्टाचार गरेको छ। आफूले नसकेर सेनालाई दिँदा पनि परेको भन्दा बढी मूल्यमा सामान किनिएको छ।’

उनले सेना र सिधै सरकारसँग गरिएको सम्झौता दुवैबाट स्वास्थ्य सामग्री किन्दा भ्रष्टाचार भएको दाबी गरे। सरकार समयमै तयारी गर्न असफल भएकाले कोरोना संकट अझ गहिरिँदै जाने भन्दै उनले चिन्ता प्रकट गरे। ‘सरकारले समयमै तयारी गरेको भए अवस्था जटिल हुने थिएन’ उनले भने ‘अदुरदर्शिता, भ्रष्टाचार र अव्यवस्थाले झनै देशैभर संक्रमण बढाइरहेको छ।’

नेता पौडेलले आफूहरुले संविधानमा स्थानीय सरकारलाई अधिकार बढी दिएका कारण अहिलेको परिस्थितीसँग जुध्नमा सफलता मिलेको दाबी गरे। ‘अहिले स्थानीय सरकार नभएको भए प्रदेश र संघ सरकारको भरमा झनै समस्या हुने थियो’ उनले भने ‘समयमै हामीले संविधानबाट बलियो बनाएकाले स्थानीय सरकारले धेरै हदसम्म व्यवस्थापन गरेका छन्।’ उनले मिडियाले पनि खबरदारी गरिरहेको भन्दै धन्यवाद ज्ञापन गरे। ‘मिडियाले निरन्तर नलेखेको भए झनै अनर्थ हुन्थ्यो’ उनले भने।

नेता पौडेलले तनहुँमा आइसोलेसन सञ्चालन गरिएका व्यास र भीमाद नगरपालिका, बन्दीपुर र देवघाट गाउँपालिकाका साथै लमजुङको मध्य नेपाल नगरपालिकालाई पीपीई सेटसहित सर्जिकल मास्क, सेनिटाईजर र टावेलसहितको सेट सहयोग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.