पहिरोमा पुरिएर ६ को मृत्यु, एक बेपत्ता

पहिरोमा पुरिएर ६ को मृत्यु, एक बेपत्ता

बझाङ : बझाङमा शुक्रबार राति पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । केदारस्यूँ गाउँपालिका ८ मल्लेस गाउँमाथिबाट आएको पहिरोले ६ जनाको मृत्यु भएको हो । आफ्नै घरभित्र पुरिएको अवस्थामा ४० वर्षीय राममती जेठारा र उनका छोरा ११ वर्षका प्रयागराज जेठारा र ७ वर्षकी छोरी अस्मीता जेठाराको मृत्यु भएको झोता प्रहरीका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक रायभान सिंहऐरिले जानकारी दिए ।

‘घटनास्थल दुर्गममा भएकाले शव निकाल्न समय लागेको हो’, उनले भने । ‘६ जनाको शव निकालेको छ भने बाँकी एकजनाको अझै निकाल्न सकेको छैन’, घटनास्थल झोता प्रहरी चौकीबाट ४ घण्टा पैदल दूरी पार गर्नुपर्छ । यस्तै, पहिरोमा परी ८० वर्षका दले जेठारा, सन्तु जेठारा र लक्ष्मी जेठाराको मृत्यु भएको छ । गिरिजा जेठाराको भने शव अझै भेटिएको छैन । उनीहरू सबैको शव घरमा च्यापिएको अवस्थामा प्रहरीले स्थानीयको सहयोगमा निकालेको हो । शुक्रबार राति अविरल वर्षासहित आएको पहिरोले उनीहरूको ज्यान लिएको हो । ‘राति पहिरो आएको हल्ला भएको थियो’, स्थानीय सुरेश जेठाराले भने । ‘गाउँका अधिकांस भागेर ज्यान जोगाउन सफल भए । उनीहरू भाग्न नसकेपछि मृत्यु भएको हो ।’

पहिरोमा परी २० घर पूर्णरूपमा क्षति पुगेको छ भने एक सय ५१ परिवार प्रभावित भएका छन् । गाउँलेको धनसम्पत्ति र पशुचौपाया पुरिएका छन् । गाउँमाथि सामुदायिक वनबाट पहिरो आएको हो । पहिरो गाउँ जानलाई खोला तर्नुपर्ने भएकाले समस्या भएको स्थानीयले बताएका छन् । पहिरोबाट अधिकांस परिवार विस्थापित भएका छन् । विस्थापित आफन्तको घरमा शरण बसेका छन् । पहिरोमा घटनामा क्षति भएका पीडित परिवारलाई राहत दिनका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको प्रतिनिधिसभा सदस्य आशा विकले वताइन् । शनिबार दिनभर शव व्यवस्थापन गर्नमै समय भएकाले क्षतिको विवरण आउन नसकेको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए । ‘पहिरोमा कतिको क्षति भएको विवरण आउन बाँकी छ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.