आँखामा खुर्सानीको धूलो छर्केर सुन चोर्ने पक्राउ

आँखामा खुर्सानीको धूलो छर्केर सुन चोर्ने पक्राउ

गुलरिया : बर्दिया सदरमुकाम गुलरिया नगरपालिका ६ स्थित अफताब सुनचाँदी पसलका संचालकको आँखामा खुर्सानीको धूलो फालेर सुनको मंगलसूत्र चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

गुलरिया नगरपालिका ५ निवासी २२ वर्षीय रबिन चौधरीलाई मंगलसूत्र चोरीको आरोपमा पक्राउ गरेको हो ।  सुनको गहना खरिद गर्न सुन पसलमा पुगेका चौधरीले सामान चित्त बुझेपछि पैसा तिर्ने बेलामा खल्तीबाट खुर्सानीको धूलो निकाली व्यापारी आफताब जसगढको आँखामा फालेर मंगलसूत्र लिइ भागेको उजुरीको आधारमा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए । 

सुनको गहना लिएर भागेका चौधरीलाई पछ्याउँदै जाँदा गुलरिया नगरपालिका ५ स्थित सन्तोषी टोलबाट नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट १८ पिस मंगलसूत्र, खुर्सानीको धूलो, १ थान सादा मोवाईल, पैसा जस्तो बनाई सेतो प्लाष्टिकमा बेरी राखेको ३१८ पिस कागजको गड्डी फेला परेको खड्काले जानकारी दिए ।

बरामद गरिएको करिब ३ तोला परिमाणको मंगलसूत्रको बजार मुल्य २ लाख ७६ हजार ४४५ रुपैयाँ छ । चौधरीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखी अनुसन्धान भइरहेको बताइएको छ । चौधरीले सुन पसलमा पुगी म सुन खरिद गर्ने मानिस हुँ मलाई २ लाख रुपैयाँ बराबरको सुनका गहना देखाउनु भनेपछि पसल संचालक जसगढले काउन्टरमा राखेर गरगहना देखाएको जाहेरी प्रहरीमा दिएका छन् ।

ग्राहकका रुपमा पसलमा आएका चौधरीले गहना हेरी मन पराएपछि पैसा तिर्ने बेलामा बुवाको आँखामा खुर्सानीको धूलो फालेर गहना लिएर भागेको व्यापारीका छोरा आमिर जसगढले बताए । उनले भने,' जिल्ला प्रहरी कार्यालय देखि करिब १ सय ५० मिटरको दूरीमा रहेको सुनचाँदी पसलमा दिउँसै चोरी भएपछि हामी त्रसित भएका छौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.