सरकारको समर्थन गर्दै सिमरामा प्रदर्शन
सिमरा : स्थायी सरकारको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा विद्यार्थीले बाराको सिमरामा प्रदर्शन गरेका छन् । नेकपा नेतृत्वमा पछिल्लो समय देखिएको विवादले मुलुक समृद्धितर्फ अघि नबढने भन्दै विद्यार्थीले स्थायी सरकारको पक्षमा प्रदर्शन गरेका हुन् ।
सिमरा चोकमा भेला भएका नेकपाका नेता कार्यकर्ताले पार्टी नेतृत्वमा पछिल्लो समय देखिएको विवाद तत्काल अन्त्य गर्न माग गरेका छन् । ‘नेकपासँग जनताले ठूलो आशा राखेका छन् । वर्तमान सरकारले पनि मुलुकको समृद्धिलाई प्राथमिकतामा राखेको छ’, कार्यक्रम संयोजक त्रिलोक विक्रम शाहले भने, ‘तर अहिले पार्टी भित्र देखिएको विवादले जनतामा निराशा पैदा गरेको छ । त्यसैले पार्टी नेतृत्वमा एकता अहिलेको आवश्यकता हो।’
पार्टी नेतृत्वमा देखिएको विवादले जनस्तरमा समेत नकारात्मक असर परिरहेको भन्दै शाहले एकताको पक्षमा आफूहरुले प्रदर्शन गरेको बताए। सहभागीले सिमराको बजारमा र्याली प्रदर्शन गर्दै चोकमा कोणसभा गरेका थिए । सभामा स्थानीय युवा नेताले बोल्दै स्थायी सरकारमा जोड दिएका थिए ।