विपदबाट जोगिन माइकिङ
मुगु : मुगुमा कार्मारो गाउँपालिका-९ वडाका १६ वस्तीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र अन्य दैवी प्रकोपबाट जोगिनका लागी दैनिक माईकिङ्ग गर्न थालेका छन्। मुगुम कार्मारोङ्ग गाउँपालिकामा ९ वडाका १६ वस्ती छन्। सबै वडामा अहिले कारोना र अन्य प्रकोपबाट जोगिनका लागी सबै वडाले युवा क्लबमार्फत आफ्ना वडा वस्तीमा दैनिक माईकिङ्ग गरेर सचेत गराउन थालेका हुन्।
युएम एन कलष्टरको आर्थिक सहयोगमा करानी सामुदायिक विकास केन्द्रद्धारा सञ्चालित सुशासन परियोजना अन्तर्गत प्रत्येक वस्तीलाई १२ हजार बराबरका डिजे माईक वडा कार्यलयमार्फत हस्तान्तरण गरी सबै खाले प्रकोपमा जोगिन युवा क्लबका सदस्यहरुले जानकारी मुलक सन्देश आफनो वस्तीमा डिजे माईकमार्फत दिनहु दिने गरेको करानी समुदायिक विकास केन्द्रका जिल्ला संयोजक बासु रावलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !