कर्णाली राजमार्गमा सास्ती

कर्णाली राजमार्गमा सास्ती

कालीकोट : बर्खा लागेसँगै कर्णाली राजमार्गमा सास्ती सुरु भएको छ। बर्सेनि वर्षात्को समयमा बाढी र पहिरोका कारण राजमार्गमा समस्या हुने गरेको छ। यसपालि पनि वर्षासँगै पहिरो खस्न थालेपछि सडक अवरुद्ध हुन थालेको छ।

एक हप्ता अगाडि राजमार्गको गल्लीमा पहिरो जाँदा एकदिन सडक नै अवरुद्ध भयो। यस्तै दैलेखको जाक्सी खोलानजिकै पहिरो जाँदा तीन दिनसम्म राजमार्ग अवरुद्ध भयो। सोही राजमार्गको दही खोलामा पनि पहिरो गयो। त्यहाँ एकदिन सडक अवरुद्ध भयो। एम्बुलेन्ससमेत चल्न पाएनन्।

गाडीमा सवार यात्रुहरू पनि बीच बाटोमै अलपत्र परे। पहिरोका कारण सडक नै अवरुद्ध हुने र भत्केको सडक पनि मर्मत नहुँदा यात्रुले हैरानी भोग्दै आएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार कर्णाली राजमार्गको कालीकोट खण्डका दर्जनौं ठाउँमा पहिरोले समस्या सिर्जना गरेको छ। जिल्लाको सिमाना दहीखोलादेखि गगने खोला, काले खोला, जिते, सुनार खोला, गल्लीलगायतका ठाउँमा वर्षायाम सुरु भएपछि पहिरो खस्न थालेको हो।

पहिरोका कारण सडक खुल्ने र अवरुद्ध हुने गरेका कारण कर्णाली राजमार्गमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीसाधन र यात्रुहरूले निकै सास्ती खेप्नु परेको हो। जिल्लाको सेरीघाट, झाम्ला मोड, छेडा, सिम्लेगाड, पिली, राँचुलीलगायतका ठाउँमा पनि स­–साना पहिरो खस्ने समस्या छ। यो राजमार्गमा ट्रक सञ्चालन गर्दै आएका चालक सन्दीप खड्काले सुर्खेतबाट दैनिक उपभोग्य सामान तथा निर्माण सामग्री ल्याएर कालीकोट हिँड्दा गन्तव्यमा पुग्नै मुस्किल हुने गरेको बताए। उनले हिउँदको समयमा एकैदिन सुर्खेतबाट कालीकोट पुग्ने भए पनि वर्षायाम लागेपछि त्यही सडकमा चार दिनसम्म लाग्ने गरेको बताए।

उनले भने, ‘कर्णाली राजमार्ग नाम मात्रको छ, गाडीलाई साइड दिन नपुग्ने सडकमा दसपांग्रे गाडी पनि आउँछन्। सडक पूरै खाल्डाखुल्डी र हिलाम्मे छ, कति ठाउँमा त गाडी फसेपछि दिनभर नै लाग्छ।’ प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले कर्णाली राजमार्गमा सकेसम्म धेरै दिन पहिरोका कारण सडक अवरुद्ध हुन नदिन सडक डिभिजन कार्यालय जुम्लाबाट एक्साभेटरको व्यवस्था गरिएको बताए। उनले भने, ‘कर्णाली राजमार्गका ठाउँठाउँमा वर्षासगै पहिरो खस्ने समस्या छ, पहिरो खसेपछि तत्काल पन्छाउनका लागि एक्साभेटर तयारी हालतमा राखेका छौं। राजमार्ग दिनप्रतिदिन बिग्रिँदै गएको छ। यसको सुधारका लागि सम्बन्धित निकायमा पहल पनि गरिरहेका छौं।’

सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर नीलाबहादुर भण्डारीले कर्णाली राजमार्गको स्तरोन्नतिको काम भइरहेको बताए। स्थानीय तहले शाखा सडकहरू खनेर मुख्य राजमार्ग बिगारेका कारण थप समस्या भएको बताए। उनले भने, ‘राजमार्गको स्तरोन्नतिको काम भइरहेको छ, ठाउँठाउँमा स्थानीय तहले शाखा सडक खन्दा मुख्य राजमार्ग अवरुद्ध पारिदिएका छन्।’ जिल्ला सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालिकाका सुनार खोला, ताडी, दाहाँलगायतका ठाउँमा नगरपालिकाले सडक खन्दा मुख्य राजमार्ग बिगारेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.