दाउरा टिप्न गएका श्रीमान-श्रीमती बबई नदीमा वेपत्ता

दाउरा टिप्न गएका श्रीमान-श्रीमती बबई नदीमा वेपत्ता

गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिका खैलार गार्डमा बबई नदीले बगाउँदा श्रीमान-श्रीमती नै वेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको काठ-दाउरा समात्न नदी बबई पुगेका दम्पती दाउरा समात्ने क्रममा नदीमा डुबेर वेपत्ता भएका हुन् ।

ठाकुरबाबा नगरपालिका ४ निवासी २५ वर्षीय जीतबहादुर थारु र उनकी २६ वर्षीया श्रीमती राजकुमारी थारु बबई किनारमा दाउरा समात्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए।

प्रहरीको टोलीले शनिबार अपरान्हदेखि वेपत्ता दम्पतीको खोजी गरेपनि हालसम्म फेला नपरेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.