होटलले दिने भए तलब

होटलले दिने भए तलब

काठमाडौं : तारे होटलले श्रमिकलाई साताको ५ दिनको न्यूनतम् तलब दिने भएका छन्। अब होटलका श्रमिकले मासिक ४३ सयदेखि १० हजार रुपैयाँसम्म न्यूनतम् पारिश्रमिक पाउनेछन्।

घरमा बसेको अवधिमा पनि ६ महिनासम्म न्यूनतम् तलब पाउने गरी संघ र श्रमिक युनियनबीच सहमति भएको छ। होटल संघ नेपाल (हान) र अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुराँ मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघबीच यस्तो सहमति भएको हो। २०७७ वैशाख १ गतेदेखि आगामी पुस १६ गतेसम्मका लागि यो सहमति लागू हुनेछ।

असारमा हान र सम्बन्धित होटल मजदुरबीच भएको सहमतिअनुसार पाँचतारे डिलक्स होटलका मजदुरलाई मासिक १० हजार र पाँच तारे होटलका मजदुरलाई ९ हजार मासिक पारिश्रमिक दिने सहमति भएको छ। यस्तै, चारतारे डिलक्स होटलका मजदुरलाई मासिक ८ हजार ४ सय ५५ र चारतारे होटलका मजदुरलाई मासिक ८ हजार दिइने भएको छ। यस्तै, तीनतारे होटलका मजदुरलाई मासिक ५ हजार र दुईतारे होटलका मजदुरलाई मासिक ४ हजार ३ सय दिने सहमति भएको संघका वरिष्ठ कानुनी सल्लाहकार डा.गान्धि पण्डितले जानकारी दिए। एकतारे र पर्यटक स्तरका मजदुरको हकमा भने होटल व्यवस्थापन र मजदुरले आपसी सहमतिमा पारिश्रमिक निर्धारण गर्ने भनिएको छ। यदि सहमति हुन नसकेमा मात्र संघबाट सहमति खोजिने निर्णय भएको पण्डितले अन्नपूर्णलाई जानकारी दिए।

यस अवधिमा हप्ताको २ दिन सञ्चिति बिदा कटाइनेछ। पुस अघि नै होटल सञ्चालनमा आएको अवस्थामा वा मजदुरलाई काम लगाएको अवधिमा भने साविककै तलब सुविधा दिइनेछ। होटल व्यवस्थापनले बोलाएमा कामका लागि उपस्थिति हुनुपर्ने तर नआएको खण्डमा घर बसीबसी पाएको न्यूनतम् तलबबापतको रकम कमर्चारी सञ्चयकोषबाट काटिने पनि सहमति भएको पण्डितले जानकारी दिए।

कोरोना भाइरसको रोकथामका लागि लकडाउन लागू भएपछि सबै किसिमका होटल बन्द छन्। होटल श्रमिक रोजगारबिहीन भएका छन्। खाइपाएको रोजगारी बन्द भएपछि उनीहरुले गत वैशाखदेखि न्यूतम् तलबको माग गर्दै आइरहेका थिए। यसअघि हानले गत वैशाखमा प्रत्येक महिना आधारभूत तलबको १२.५ प्रतिशतको दरले मात्र तलब उपलब्ध गराउने निर्णयको विरोध गर्दै मजदुर र हानबीच पटकपटक वार्ता भए पनि सहमति भएको थिएन। आइतबारको बैठकबाट भने दुवैपक्षबीच नयाँ सहमति भएको हो। यो सहमति पछि होटल श्रमिकले घरमा बसेको अवस्थामा पनि राहतस्वरुप तलब पाउने भएका छन्। हानका सदस्य होटमा लागि मात्र यो सहमति लागू हुनेछ। पुसपछि पनि होटल सञ्चालन हुन नसक्ने अवस्था रहिरहे नयाँ सहमति गरेर अघि बढ्ने पनि उक्त वार्ताले निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.