त्रिशुलीको भ‌ंगालोमा फसेका व्यक्तिको जीवितै उद्धार

त्रिशुलीको भ‌ंगालोमा फसेका व्यक्तिको जीवितै उद्धार

धादिङ : किनारामा पौडी खेल्ने क्रममा बगाएर त्रिशुलीको बीच भागमा अड्किएका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ स्थित मलेखु बजारनजिकै त्रिशुली किनारमा पौडी खेलिरहेका ३ जनालाई त्रिशुली नदीले बगाएको थियो। २ जना पौडेरै बाहिर निस्किन सफल भए पनि कैलाली जिल्लाको जोशिपुर बस्ने कमलराज जोशी भने त्रिशुली नदीको बीचको भङगालोमा ढुंगामा अड्किएका थिए।

सँगै नुहाउन गएका १ जना नदीको बीच भागमा फसेपछि साथीहरुले प्रहरीलाई खबर गरेका थिए। लगत्तै शसस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टटारबाट एसएसपी कालिदास धौवजीको कमान्डमा आएको उद्धार टोलीले नदीको बीचमा अड्किएका जोशीलाई सकुशल उद्धार गरेको हो।

जोशी करिब २ घण्टा नदीको बीच भागमै अड्किएका थिए। शसस्त्र भन्दा अगाडी उद्धारका लागि सेना खटिएको भएपनि सफल नभएपछि कुरिन्टारबाट जलउद्धारकर्मी बोलाइएको थियो।

वर्षाका कारण नदीमा पानीको बहाव पनि निकै कडा रहेको अवस्थामा नदीको भंगालोको बीचमा अड्किएका ब्यक्तिलाइ निकै जोखिमपूर्ण तरिकाले उद्धार गरिएको एसएसपी धौवजीले जानकारी दिए। उनले भने, ‘यस्तो घटनामा जीवितै उद्धार विरलै हुने गरेको छ, १० मिनेटमात्रै ढिला भएको भएपनि ती व्यक्तिलाई नदीले बगाउने सम्भावना थियो। सबैको प्रयासमा उद्धार गर्न सफल भइयो।’

शसस्त्र प्रहरी निरिक्षक जीवनलाल बुढाको नेतृत्वमा २ गोताखोरहरू ओम बहादुर सलामी र डिल्ली भट्टराई तथा सइ वीरेन्द्र बहादुर बम र असइ पहलमान वली र्‍याफ्टिङ बोट लिएर उद्धारका लागि नदीमा पसेका थिए।

जोशी पृथ्वी राजमार्गमा अप्टिकल फाइवर विछ्याउने काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ। नदीबाट उद्धार गरिएपछि उनलाई चेकजाँचका लागि राजमार्ग सामुदायिक अस्पताल लगिएको थियो। उनको अवस्था सामान्य रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.