बबई नदीमा अपूरो तटबन्ध, डरैडरमा रात कटाउँछन् बालापुरबासी

बबई नदीमा अपूरो तटबन्ध, डरैडरमा रात कटाउँछन् बालापुरबासी

गुलरिया : गुलरिया नगरपालिका ५ बालापुरका सोवेन्द्र चौधरीको वर्षा हुने वित्तिकै भोक- निन्द्र हराउँछ।बबई नदी तटीय क्षेत्रमा रहेको सिंगो बालापुरगाउँ बाढीको चपेटामा रहेकाले डरैडरमा रात काट्नुपर्ने उनको बाध्यता छ ।

बबई नदीमा पानीको बहाव बढेपछि सोझै बालापुरतिर हानिन्छ। गुलरिया नगरपालिका ५ का वडा सदस्य समेत रहेका चौधरीले भने, 'बबई नदीको किनारमा निर्माणाधिन तटबन्धले पूर्णता नपाउँदा वर्षाको बेला जीवनमरणको दोसाँधमा हुन्छौं।'
 

यसपटक पनि विगतमा जस्तै बाढी आयो भने त गाउँ सबै डुब्ने खतरा छ । बालापुर क्षेत्रमा केही तटबन्धको काम बाँकी नै भएकाले नदी सोझिने डर छ । बाढी आयो भने बस्ने गाउँमा एउटा सेल्टर छ त्यो पनि अपुग हुन्छ । उनले थपे,' गाउँमा विगतका वर्षमा बाढी आउँदा गाउँका सयौं घरका परिवारले क्षति ब्यहोरेका थिए।'

सरकारले समयमै तटबन्ध निर्माणमा चाँसो नदिँदा वर्षामा बाढी तथा डुवानको समस्या आउने गरेको हो । बर्दियाको बबई, कर्णाली नदीलगायत तिनका सहायक नदीहरु गेरुवा, औराही, मान तथा भादा खोलामा बाढीको समस्या आइरहन्छ । 

कर्णालीअन्र्तगत राजापुर, गेरुवा क्षेत्र बाढीको चपेटामा छन् । बबई नदी तटीय ठाकुरबाबा, मधुवन, बारबर्दिया, गुलरिया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिका बर्षेनि बाढीको जोखिममा पर्ने गरेका छन् । बाढी प्रभावित जलाधार क्षेत्रहरु समयमै व्यवस्थापन गर्न नसक्दा बर्षातमा बाढी तथा डुवानको समस्या आउने गरेको हो ।

गुलरियामा पण्डीतपुर, बालापुर, रामपुर टप्पर, कोठीया, लट्कनिया क्षेत्रबाट बाढी पस्ने गर्छ । बबई भादा औरही नदी व्यवस्थापन आयोजनामार्फत सुरु गरिएको नदी व्यवस्थापन कार्य पूर्ण हुन नसक्दा बाढीको त्रास स्थानीयमा कायमै छ । 

बबईको विनासकारी बाढीले ०७१ मा भत्काएको घर ।

गुलरिया नगरपालिका ८ का राधेलाल लोध आफूले लगाएको कृषि उपज बाढीले नोक्सान गर्ने भन्दै चिन्तित छन् । यदि पूर्ववत् रुपमा बाढी आएमा यस पटक पनि लगाएको मकैबाली नोक्सान पार्न सक्छ । उनले भने, ' बाढी आयो भने मकैका जरैदेखि बगाएर लैजान्छ, कसरी जोगाउने । बबईको पूरानो सरयु नदी वर्षामा उर्लिने हुनाले बाढीको जोखिम उत्तिकै छ।'

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ अनुसार विगतमा झै यसवर्ष बाढी आए २० हजार घरपरिवार प्रभावित हुनसक्ने पूर्वानुमानसहित प्रतिकार्यका लागि आकस्मिक योजना तयार पारिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । जिल्लाका सबै पालिका बाढीको जोखिममा छन् । उनले भने,' सबै स्थानीय तहमा उद्धार तथा राहत सामग्री भण्डारका लागि उपयुक्त कक्षको व्यवस्थापन नहुँदा समस्या देखिएको हो।    

विगतमा बाढी वितन्डा

बर्दिया जिल्ला बाढी प्रभावित जिल्ला भएकाले यहाँका अधिकांश स्थानीय बाढीबाट प्रभावित हुने गरेका छन् । विगत १२ वर्षको अवधिमा जिल्लामा बाढीबाट लाखौं मानिस प्रभावित तथा करोडौं धनजनको क्षति भइसकेको छ।

बर्दियामा २०४०, ०५१, ०६३, ०७१ र २०७४ सालमा बबई र कर्णालीमा आएको बाढीले बढी प्रभाव पारेको ऐतिहासिक तथ्यांक जिल्ला प्रशासन कार्यालय बर्दियाको छ । ०६४ साल देखि ०७६ सम्म २७ हजार ६८३ घरधुरीका १ लाख ४५ हजार ५९१ जनसंख्या प्रभावित भएका छन् । प्रतिकार्य योजनामा विगतका बाढीका ऐतिहासिक पृष्टभूमि समेटिएको छ जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले भने । 

विक्रम सम्वत् ०७१ को श्रावण २९ गते आएको बाढीबाट १७ हजार ३७६ घरधुरीका ९३ हजार १८९ ब्यक्ती प्रभावित बनेका छन् । जसमा ३२ जनाको मृत्यु र १४ जना बेपत्ता भएका छन् । तीन वर्षपछि ०७४ को साउन २९ गते आएको बाढीमा २ हजार ३७३ घर पूर्णक्षति, १८ हजार ६०८ घर आशिंक क्षति भएका थिए । ज्ञवालीले थपे करिब ५१ करोड रुपैयाँ बराबरको कृषि तथा पशुपालन क्षेत्र प्रभावित बनेको सोही बाढीबाट १ लाख ११ हजार ७६४ जनसंख्या प्रभावित बनेका थिए ।

विगतका बाढीको प्रभावका आधारमा यस वर्ष क्षति न्युनिकरण गर्न रबर बोट, लाइफ ज्याकेटलगायतका सुरक्षा सामग्रीसहितको उद्दारकर्मीको टीम तयारी अवस्थामा राखिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाका गोताखोरलाई बबई नदीमा खोज तथा उद्धार सम्बन्धी तालिम दिइएको अधिकृत ज्ञवालीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.