रेमिट्यान्स घट्दा पनि शोधानान्तर बचतमा

रेमिट्यान्स घट्दा पनि शोधानान्तर बचतमा

काठमाडौं : आर्थिक वर्ष २०७६/७७ को पहिलो ११ महिनामा शोधानान्तर स्थितीमा सुधार आएको छ। गत वर्षको ११ महिनामा घाटामा देखिएको शोधानान्तर स्थिती अहिले बचतमा छ। मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी हुँदा शोधानान्तर स्थिती बचतमा जान्छ। 

यो वर्ष ११ महिनामा शोधानान्तर स्थिती १ खर्ब ७९ अर्ब ३७ करोड रुपैयाँ बचतमा छ। अघिल्लो वर्ष सोही अवधिमा यो ९० अर्ब ८६ करोडले घाटामा थियो। 

पछिल्लो समय आयातको वृद्धिदर घटेको र बन्दाबन्दीअघिसम्म रेमिट्यान्स आप्रवाह बढी रहेकाले शोधानान्तर स्थिती बचतमै छ। त्यसमाथि राजस्व नउठेपछि सरकारले स्रोत व्यवस्थापनका लागि विदेशी ऋण बढी मात्रामा लिइरहँदा पनि शोधानान्तर स्थितीमा प्रभाव परेको हो। 

त्यस्तै चालु खाता घाटामा पनि व्यापक सुधार भएको छ। यस अवधिमा चालु खाता घाटा ७१.२ प्रतिशतले घटेको छ। यस्तो घाटा ७१ अर्ब ६४ करोड रुपैयाँ कायमै छ।

यस अवधिमा वैदेशिक लगानी समेत बढेको देखिन्छ। गत आर्थिक वर्षको ११ महिनामा ११ अर्ब ८० करोड रुपैयाँ मात्रै लगानी भित्रिएकोमा यसपाली १८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा घाटा दुई खर्ब ४९ अर्ब ८ करोड रुपैयाँको डरलाग्दो अंक थियो।

१३ खर्ब ६ अर्ब विदेशी विनिमय सञ्चिति
जेठसम्म विदेशी विनिमय सञ्चिति १३ खर्ब ६ अर्ब ४६ करोड रुपैयाँ छ। गत असारको तुलनामा यो २५.८ प्रतिशत बढी हो। 

२०७६ असारसम्म कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ थियो। विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत भने कायमै छ। 

गएका ११ महिनाको आयातलाई आधार मान्दा केन्द्रीय बैंकसँगको विदेशी विनिमय सञ्चितिले आगामी १३.३ महिनाको वस्तु आयात र ११.७ महिनाको वस्तु तथा सेवा आयातलाई धान्न पर्याप्त रहेको राष्ट्र बैंकको दाबी छ। 

३ प्रतिशतले घट्यो रेमिट्यान्स
११ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा ३ प्रतिशतले कमी आएको छ। राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो।

यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने १२.४ प्रतिशतले कमी आएको राष्ट्र बैंकले बताएको छ। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या ३५.७ प्रतिशतले घटेको थियो। राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो।

मूल्य वृद्धि साढे ४ प्रतिशत
गत माघसम्म वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.४५ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मूल्य वृद्धिदर ६.१६ प्रतिशत थियो। उक्त अवधिमा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ५.४१ प्रतिशत छ। 

जेठसम्म गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ३.८७ प्रतिशत छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.