पहिरोले तानसेन -बुटवल सडक अवरुद्ध, ट्रक पुरियो

पहिरोले तानसेन -बुटवल सडक अवरुद्ध, ट्रक पुरियो

तानसेन : सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकमा दिनहुँ पहिरो खस्दा जोखिम बढ्दै गएको छ। राजमार्गको गौडेपुल, कालीमाटी, दोभान र सिद्धबाबा क्षेत्रमा दिनहुँ खस्ने पहिरोको कारण यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन। एकहप्ताको अवधिमा पहिरोको कारण तानसेन बुटवल सडकखण्ड ५ दिन सडक अवरुद्ध बन्न पुग्यो। 

राजमार्गको दोभाना प्रहरी चौकी नजिकै खसेको पहिरो पन्छाउन डोजर स्काभेटरलाई ३ दिन लाग्यो, कालीमाटी तथा गौडेपुल क्षेत्रमा खसेको पहिरो पन्छाउन डिभिजन सडक कार्यालयलाई चुनौती बन्दै गएको छ। पहिरो पन्छाएर सडक सूचारु गरेको केही समयमा पुन : पहिरो खस्ने समस्याले सताएको डिभिजन सडक कार्यालय पाल्पा डिभिजन प्रमुख मुकुन्दाज अधिकारीले बताए। बिहीबार गौडेपुल नजिकै खसेको पहिरो पन्छाएर सडक सुचारु गरिएपनि रातिदेखि पुन अवरुद्ध भएको सडक शुक्रबार दिउँसो संचालनमा आएको थियो। गएरातिदेखि पुन: पहिरो झर्दा तानसेन बुटवल सडक अबरुद्ध भएको छ।
पहिरोले बुटवलबाट स्याङ्जातर्फ सरसमान बोकेर जाँदै गरेको लु २ ख ११७१ नम्बरको मालवाहक ट्रक पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए। पहिरोमा पुरिएको ट्रकमा कोही पनि नभएकोले मानविय क्षती हुन नपाएको गिरीले बताए। 

एक जना बेपत्ता 
यसैगरी पाल्पाको रैनादेवी छहरा गाउँपालिका - ३ पट्टाचौरमा रिडिखोला तर्नेक्रममा सन्धिखर्क नगरपालिका - ८ का ४० वर्षीय दे बहादुर मुखिया बेपत्ता भएको खोजी कार्यको लागी स्थानीयबासी र ईलाका प्रहरी कार्यालय मुझङबाट प्रहरी सहायक निरीक्षक भोला बहादुर कुवँरको टोली परिचालन भएको पाल्पा प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.