लकडाउनमा मुद्दा दर्तामा कमि

लकडाउनमा मुद्दा दर्तामा कमि

गुलरिया : विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका बेला अदालतमा बन्दी प्रत्यक्षीकरण, म्याद थपलगायत पक्राउ पूर्जी बाहेक अन्य प्रकृतिका मुद्धाहरु दर्ता नगरिँदा संख्यात्मक रुपमा मुद्धामा कमी देखिएको छ । 

कोरोना जोखिम न्यूनिकरण गर्न लकडाउन अवधिभर पूर्णरुपमा अदालती काम कारबाही प्रक्रियाअघि नबढेपछि मुद्धा फर्छौट कार्य समेत घटेको छ । बर्दिया जिल्ला अदालतमा सबैभन्दा बढी पर्ने मुद्धामा सम्बन्ध विच्छेदको मुद्धा अग्रपंक्तिमा छन् । त्यसपछि जबरजस्ती करणी र कर्तब्यज्यानसम्बन्धी मुद्धा पर्छन् । 

बर्दिया जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश शंकरराज बरालले भने,' लकडाउन अवधिमा अदालत खुल्ला रहेको अवस्थामा बन्दी प्रत्यक्षीकरण, म्याद थपलगायत पक्राउ पूर्जीजस्ता कार्य सम्पादन भएका छन् ।कोभिड-१९ को संक्रमण जोखिमका कारण भएको लकडाउनमा जोखिम न्यूनिकरण गर्न भिडियो कन्फरेन्सको माध्यमबाट म्याद थप गर्ने कार्य सुरु गरेका हौं ।'

 
गतवर्ष बर्दिया जिल्ला अदालतमा रहेका कुल ३ सय ९ वटा सम्बन्ध विच्छेदका मुद्धामध्ये १ सय ७४ वटा मुद्धा फर्छौट भएका छन् । सम्बन्ध विच्छेदका १ सय ३५ वटा मुद्धा फर्छौट गर्न बाँकी नै छन् । जबरजस्ती करणीका ९२ वटा मुद्धा मध्ये ३८ वटा फर्छौट भएका हुन् । कर्तब्यज्यान सम्वन्धी ३५ वटा मुद्धा मध्ये १३ वटा मुद्धा फर्छौट भएका छैनन् । न्यायाधीश बरालले थपे लकडाउनका बेला मुद्धा दर्ता भएनन् नत्र यसको संख्या बढ्न सक्थ्यो । लकडाउन खुलेपछि अदालतमा हुने भिड ब्यवस्थापन गर्न अदालतले कार्य योजना बनाएको छ ।

आर्थिक वर्ष ०७६÷७७ मा बर्दिया जिल्ला अदालतले यथार्थ लगतको ४७ दशमलव ६५ प्रतिशत मात्र मुद्धा फर्छौट गरेको छ । सो लक्ष्यको आधारमा ५९ दशमलव ७६ प्रतिशत हो । देवानी, दुनियावादी फौजदारी, सरकारवादी फौजदारी, पुनरावेदन लगायत निषेधाज्ञा तर्फका पूरानो जिम्मेवारी तथा नयाँ मुद्धा गरी १ हजार २५९ मुद्धा बर्दिया जिल्ला अदालतमा दर्ता भएका थिए । जसमध्ये ६ सय मुद्धा फर्छौट भएको र ६ सय ५९ वटा मुद्धा फर्छौट गर्न बाँकी रहेको प्रमुख न्यायाधीशको भनाइ छ ।

देवानी ७७८ मध्ये ३७५ फर्छौट भएका छन् । त्यस्तै दुनियावादी फौजदारी १२६ मध्ये ४८, सरकारवादी फौजदारी ३०२ मध्ये १४२, पुनरावेदन ५१ मध्ये ३४ र निषेधाज्ञा २ मध्ये एउटा मात्र फर्छौट भएको छ । बन्दीप्रत्यक्षीकरण तर्फको कुनै मुद्धा थिएन । गत आर्थिक बर्षमा जिम्मेवारीतर्फ  ५२९ मध्ये ३३२ र नयाँ ७२९ मध्येबाट २६८ वटा मुद्धा गरी कुल १ हजार २५९ मध्ये ६ सय वटा मुद्धा फर्छौट भएका छन् ।

अदालतले साउन १ गते देखि छिटो छरितो न्याय व्यवस्थापनका लागि फरक मुद्धा व्यवस्थापन पद्धती लागू गरेको छ । न्यायाधीश बरालका अनुसार फरक मुद्धा व्यवस्थापनअन्र्तगत सरल मार्गका ६ महिनाभित्र, सामान्य मार्गका १२ महिना र विशेष मार्गका मुद्धा १८ महिना भित्र फर्छौट गर्ने गरी प्रणाली लागू गरिएको हो । गत वर्षका फर्छौट नभएका धेरै मुद्धाहरु नयाँ व्यवस्थापन प्रणालीबाट समयमै फर्छौट गर्न सहयोग पुग्ने अदालतको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.