समुदायमा देखियो कोरोना, बारामा ४६ जना नयाँ संक्रमित थपिए

समुदायमा देखियो कोरोना, बारामा ४६ जना नयाँ संक्रमित थपिए

बारा : कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको बारामा एकैदिन ४६ जनामा संक्रमण देखिएको छ। समुदायस्तरमा गरिएको परीक्षण क्रममा ३५ पुरुष र ११ महिलामा कोरोना संक्रमण देखिएको हो।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार जिल्लाको देवताल गाउँपालिकामा ३४, सुवर्ण गाउँपालिकामा ३, कलैया उपमहानगरपालिकामा ३ र धनकौलमा ६ जनालाई कोरोना संक्रमित देखिएका छन्। संक्रमित हुनेमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानीय नागरिक रहेका छन्।

क्वारेन्टाइन बाहिर समुदायमा बसिरहेका नागरिकको पिसिआर परीक्षण गर्ने क्रममा संक्रमण देखिएकाले थप सचेत हुनुपर्ने प्रजिअ पण्डितले बताए। ‘समुदायस्तरमा गरिएको परीक्षणको यो रिपोर्टले थप सचेत हुनुपर्ने देखिएको छ’ प्रजिअ पण्डितले भने ‘क्रमशः घट्दै गएको संख्या एकैपटक बढ्दा अब चुनौती पनि थपिने निश्चित छ। ’

संक्रमित व्यक्तिलाई कलैयास्थित आइसोलेसनमा ल्याउने तयारी थालिएको छ। बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले नयाँ थपिएका संक्रमितलाई कलैया ल्याउने तयारी गरिएको बताए। ‘संक्रमितको सूची पाएका छौँ, उहाँहरुलाई आइसोलेसनमा ल्याउने प्रक्रिया सुरु गरिसकेका छौँ। ’

डीएसपी मिश्रकाअनुसार कलैयास्थित आइसोलेसनमा ६ जना संक्रमित उपचाररत छन्। यो सँगै आइसोलेसनमा बस्ने संक्रमितको संख्या ५२ पुग्ने भएको छ। बारामा यसअघि एक सयभन्दा बढी व्यक्ति उपचारपछि घर फर्किसकेका छन् भने दुई जनाको मृत्यु भएको छ। जिल्लाको करैयामाई गाउँपालिकाका एक बृद्ध र निजगढ नगरपालिकाका एक बालकमा मृत्युपछि कोरोना संक्रमण देखिएको थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.