पुल भत्किँदा पृथ्वी राजमार्ग ठप्‍प : बाढीले तीन घर बगायो, पहिरोले एकको मृत्यु

पुल भत्किँदा पृथ्वी राजमार्ग ठप्‍प : बाढीले तीन घर बगायो, पहिरोले एकको मृत्यु

धादिङ/चितवन : देशका अधिकांश जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी राजमार्गको धादिङ र चितवन जिल्लामा रहेको मौवाखोला पुलमा अविरल वर्षापछि आएको बाढीले क्षति पुर्‍याएको छ। निरन्तरको वर्षाका कारण उर्लिएको मौवाखोलाले स्थानीय अमृतबहादुर गुरुङसहित ३ वटा घर बगाएको छ भने चितवन जोड्ने मौवाखोला पुलको धादिङ तर्फको पिल्लरबाट पानीले खोल्दा सडकको पिच कटान भइसकेकोले पुल समेत जोखिममा परेको छ। पुलको धादिङतर्फको छेउको भुभाग खहरे खोलाले बगाएपछि सडक र पुलबीचबाट खोला बगेकाले सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिए।

त्यस्तै बेनिघाट रोराङ गाउँपालिका-१० कै बाँदरे भीरमा सडक माथिबाट आएको पहिरोले ३ वटा गाडी बगाएर त्रिशुली नदिकिनारमा पुर्‍याएको छ भने अन्य ४ वटा गाडी पुरेको छ। घटनामा कुनैपनि मानविय क्षति भने नभएको प्रहरी जानकारी दिएको छ। गएरातिदेखिको अविरल वर्षाको कारण धादिङको २ दर्जन भन्दा बढी ठाउँहरु पहिरो भएको छ भने गजुरी गाउँपालिका-२ मजुवाडाँडामामा ६ वटा घर पुरिएको छ। पहिरोमा परि स्थानीय निरुता परियारको मृत्यु भएको छ। त्यस्तै सिन्धुलीका जितेन चौधरी घाइते भएका छन्।

त्यस्तै बेनिघाट रोराङ गाउँपालिका-८ मा पहिरोले १ घर भत्किँदा ५ वर्षीय बालिका गम्भीर घाइेत भएकी छिन्। उनको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। पृथ्वीराजमार्गकै बैरेनी, चालिसे, छहरे, मौवाखोलालगायतको क्षेत्रमा राजमार्ग भन्दामाथिबाट लेदो आएर थुप्रिएका कारण राजमार्ग अवरुद्ध भएको छ।
अविरल वर्षापछि आएको खहरे भेल पस्दा गजुरी गाउँपालिकाको कार्यालय भवन डुवानमा परेको छ। भलसँगै आएको लेदो पहिरोले पालिकाको पहिलो तल्लाका कोठाहरुमा क्षति पुगेको गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए।

त्यस्तै गजुरी गाउँपालिका-६ स्थित बेल्खुमा पहिरो जाँदा ३३ केभि लाईनको पोल बगाएकोले जहरे सबस्टेशनबाट वितरण भएको विद्युत सेवा पनि अवरुद्ध भएको छ। 
पहिरो गएको ठाउँमा पोल फेर्नुपर्ने भएकाले लगातार पानी परिरहेको कारण तत्कालै काम सुरु गर्न असहज भएको विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ। पोल ढलेका कारण आदमघाट, पीडा र गजुरी आसपासमा पुर्ण रुपमा विद्युत सेवा बन्द भएको छ।

त्यस्तै मलेखु धादिङको कालुपाण्डे राजमार्गको विभिन्न ठाउँमा खसेको पहिरोले राजमार्ग पुर्ण रुपमा बन्द भएको छ। सबै ठाउँको पहिरो हटाएर सवारी आवागमन सहज बनाउन लगातार परिरहेको पानी र खसिरहेको पहिरोले समस्या भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.