मरिण खोलाले बगाउँदा एक जनाको मृत्यु
![मरिण खोलाले बगाउँदा एक जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Death_20190729064735_DqERYciOTR.jpg)
सिन्धुली : सिन्धुलीको मरिणखोलाले बगाउँदा बुधबार एक जनाको मृत्यु भएको छ। मरिण खोलामा आएको बाढीले बगाउँदा महोत्तरी जिल्ला साविक खयरमारा गाविस वडा नं. ६ निवासी ४१ वर्षीय जीत बहादुर विकको मृत्यु भएको हो।
मरिण गाउँपालिका-२ को सानो गर्दुवा दोभानबाट मरिण गाउँपालिका ३ मथौलीतर्फ जान खोला तर्नेक्रममा विकलाई मरिण खोलाले बगाएको हुन सक्ने मरिण गाउँपालिका-३ का वडा अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले जानकारी दिए। वडा अध्यक्ष मोक्तानका अनुसार मथौलीका स्थानीय गोठाला युवाहरुले विकको शव फेला पारेका थिए। ‘मृतक विकको साथमा रहेको नागरीकताका आधारमा उनको पहिचान भएको हो। अहिले कपिलाकोट इलाका प्रहरी चौकीको टोलीले मृतक विकको शव पोष्टमार्टमका लागि लैजाने तयारी गरीरहेका छन्,’ मोक्तानले भने।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)