पहिरोले ६ घर बगायो, एक वृद्धको मृत्यु

पहिरोले ६ घर बगायो, एक वृद्धको मृत्यु

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको वेलकोटगढीमा पहिरोले घर बगाउँदा एक वृद्धको ज्यान गएको छ ।पहिरोले दुइपीपलमा दलित बस्ती बगाएको छ भने ६० घर उच्च जोखिममा रहेका छन् । 

वेलकोटगढी नगरपालिका ८ हर्रे पिर्यनडाँडामा शुक्रबार पहिरोले घर बगाउँदा ६८ वर्षीय अक्‍कलबहादुर तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

घरमा एक्लै बस्दै आएका तामाङ बिहान ३ बजेतिर सुतिरहेका बेला पहिरोमा  पुरिएर ज्यान गएको प्रहरी निरीक्षक विष्णु फुयालले जानकारी दिए। तामाङको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली ल्याइएको छ । 

पहिराले वेलकोटगढी नगरपालिका ५ दुइपीपल डवली नजिकै दलित बस्ती बगाएको छ। ६ घर बगाएको छ भने अन्य १२ घर जोखिममा रहेको वडाध्यक्ष अनन्तप्रसाद नेपालले वताए । 

पहिराले स्थानीय कृष्ण वर्देवा, विन्दा वर्देवा, कृष्ण श्रेष्ठ, रामकुमार श्रेष्ठ, पुर्णबहादुर श्रेष्ठ र तुलसीदाश श्रेष्ठको घर बगाएको हो । पहिरो झर्न थालेपछि पीडितहरु भागेर ज्यान बचाएका थिए । स्थानीय नारायण विक, सूर्य विक, प्रदीप विकलगायतका ६० जनाको घर जोखिमपूर्ण अवस्थामा रहेकाले सुरक्षित स्थानमा सारिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.