कर्णाली नदीमा पानीको सतह बढेपछि बर्दियाका गाउँ डुबानमा

कर्णाली नदीमा पानीको सतह बढेपछि बर्दियाका गाउँ डुबानमा

गुलरिया : दुई दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीको सतह बढेपछि बर्दिया स्थित राजापुर तथा ठाकुरबाबा क्षेत्रका गाउँहरू डुबानमा परेका छन्। कर्णालीका शाखा नहरहरु बुढीकुलो, ओराही कुलो लगायत भदाली नालामा बाढी आएसँगै त्यस क्षेत्रका १ सयभन्दा बढी घर डुबानमा परेका हुन्।

    
बुधबार आएको बाढीबाट राजापुर नगरपालिका वार्ड नम्बर १ स्थित दौलतपुर, सोनपुर, चनौरा लगायत सुकुम्बासी बस्तीमा बाढी पसेर ५७ घर, वडा नम्बर ७ भिम्मापुरमा ४८ घर, ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ७ स्थित बथानपुरमा २५ घरधुरी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए। बाढीबाट गेरुवा गाउँपालिका वार्ड नम्बर ३ शान्तिपुरमा रहेको एक पोल्टीफमका १५ लाख मुल्य बराबरको २ हजार बोइलर कुखुरा मरेको प्रहरीले जनाएको छ।
    
डुबान क्षेत्रमा सुरक्षाकर्मी लगायत स्थानीयको सहकार्यमा उद्धार र मानिस तथा पशुलाई सुरक्षित स्थानमा पुर्‍याउने काम भइरहेको छ। अविरल वर्षाका कारण कर्णाली जलाधार क्षेत्र बढेको हो। हाइड्रोलोजी वेभसाइडमा जनाइए अनुसार चौबीस घण्टामा टिकापुर चुरिया क्षेत्रमा २ सय ७२ मिलिमिटर र कर्णाली चिसापानी क्षेत्रमा २ सय ६० मिलिलिटर वर्षा मापन भएको छ। चौबीस घण्टामा १ सय ४० मिलिलिटर वर्षालाई चेतावनी मानिन्छ।
    
कर्णाली नदी बाढी मापन केन्द्रका अनुसार कर्णाली चिसापानी जलाधार क्षेत्रमा पानीको सतह बढेपछि खतराको तहसम्म पुग्ने चरणमा छ। अपराह्नको समयमा नदीको सतह १० दशमलव ७ मिटर पुगेको छ। कर्णाली चिसापानी जलाधार १० दशमलव ८ मिटरलाई खतराको तह मानिन्छ। नदीले चेतावनी तह पार गरेकाले जिल्ला प्रशासन कार्यालय बर्दियाले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ। 

वर्षा भइरहेको र नदीको सतह बढीरहेकाले कर्णाली नदी तथा साना सहायक नदीको तल्लो तटीय क्षेत्रमा सर्तकता अपनाउन सुचना गर्दै उद्धारका लागि आवश्यक सामाग्रीसहित सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताएका छन्। हालसम्म कर्णाली तटीय क्षेत्रका सयौं स्थानियबासी सुरक्षित ठाउँतर्फ स्थानान्तरण भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.