हङकङमा कोरोना संक्रमण बढ्दो

हङकङमा कोरोना संक्रमण बढ्दो

अनोज रोक्का

हङकङ : हङकङमा बुधबार १२० जनामा कोरोना पोजिटिभ देखियो। लगातार आठौं दिनसम्म हङकङमा सयको हारहारीमा संक्रमितको संख्या बढिरहेको छ। 

बुधबार बिहान ७६ वर्षीय एक वृद्धाको कोरोना संक्रमणको कारण निधन भयो। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई जुन ३० मा याउमा तेई स्थित क्विन एलिजावेथ हस्पिटलमा भर्ना गरिएको थियो। जुलाई १७ मा कोरोना पोजिटिभ देखिएपछि आइसोलेसनमा राखिएको उनको बुधबार बिहान मृत्यु भएको हो। योसँगै हङकङमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २४ पुग्यो भने २ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ। 

स्थानीयमा कोरोना संक्रमणको संख्या उच्च भएसँगै सरकारले सामाजिक दुरिको नियमलाई कडा बनाएको छ। २ जनाभन्दा बढीलाई भेला हुन पूर्ण बन्देज लगाएको छ भने सार्वजनिक स्थान, सवारीसाधन लगायतमा अनिवार्यरुपमा मास्क लगाउनु र्ने नियम लागु गरेको छ। होटल, रेष्टुरेन्ट लगायतमा खानेकुरा किन्न पाइने तर बसेर खान नपाइने नियम लागु गरेको छ। 

संक्रमणको संख्या ह्वातै बढेसँगै बजारमा मास्क, सेनिटाइजर, उपभोग्य सामाग्रीको कालाबजारी रोक्नका लागि हङकङ सरकारले विशेष सर्तकता अपनाइरहेको छ। साबिकको समयभन्दा मास्क, सेनिटाइजरको मुल्य बढेको स्थानीय बताउँछन्। स्वास्थ्य अधिकारीहरुले बच्चा र वृद्धवृद्धाको हेरविचारमा सर्तकता अपनाउन सुझाव दिइरहेका छन्। स्थानीयमा आक्रमकरुपले फैलिरहेको भाइरसले प्रकोपको रुप लिनसक्ने उनीहरुको दावी छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.