सीमानामा मल खोज्दै 'धान सुपर जोन' का किसान

सीमानामा मल खोज्दै 'धान सुपर जोन' का किसान

गुलरिया : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्ग धान सुपर जोन घोषणा गरिएको बर्दियाको राजापुर नगरपालिका ४ मा धान खेती गर्दै आइरहेका कृषक विष्णुप्रसाद अधिकारी रुनु न हास्नु भएका छन् । मानो रोपेर मुरी फलाउने ध्येयका साथ कृषि क्षेत्रमा होमिएका उनी यतिखेर रासायनिक मल नपाएर निरास बनेका छन् ।

खेतमा टन्न पानी छ । केही साताअघि रोपेको धानको बोट हरियो भएर मल छर्ने बेला भएको छ । तर बजारमा कतै मल पाइँदैन । मल नपाउँदा अचेल उनलाई उत्पादन घट्ने चिन्ताले पिरोल्न थालेको छ ।

'धानमा मल हाल्ने भनेर जसोतसो पैसाको जोहो गरे । मल खोज्दा बजारमा कतै पाइँन । बरु सुन जत्तिबेला पनि किन्न सकिन्छ तर मल कतै पाइएन । नेपाली किसान हुनु दुर्भाग्य रहेछ निरास हुँदै उनले भने,' राजापुरमा मल किन्न धेरै प्रयत्न गरे तर भेटाउन सकिन । सहकारीका डीपोहरुले बिक्री गर्ने मल हामीसम्म आउनै पाउदैन ।'

कृषि प्रधान देश कागजमा मात्र सिमित भएको भन्दै उनले आक्रोश पनि पोखे । सरकारले समयमै व्यवस्थापन  गर्न नसक्दा किसानलाई मल चाहिने बेलामा समस्या परेको हो ।

'धान रोपेपछि अनि गाँज हाल्ने बेलामा मल नभई हुँदैन । हामी किसानले मलको व्यवस्था गर्न सक्दैनौं, उनले थपे,' समयमै मल हाल्न नपाएपछि उत्पादन पनि घट्छ होला । हामी किसान त थप समस्यामा पर्यौं । लकडाउनका कारण पनि सिमावर्ती भारतीय बजारबाट मल ल्याउन सकिएन ।'

यस्तै अवस्था रहे कृषि पेशाबाट कुनैपनि सफलता हात नपर्ने राजापुरका किसान अधिकारीको भनाइ छ ।बजारमा कतै मल नपाएपछि भारतीय व्यापारीहरुले सीमानामा मल ल्याएर बिक्री गर्ने गरेका छन् ।

मल किन्न बजारमा होइन सीनामा भीड लाग्ने गरेको छ । स्वदेशमै मल नपाएका किसान सीमानामै पुगेर मल किन्दा समेत विचौलियाबाट ठगिने गरेका छन् । गुलरिया नगरपालिका वार्ड नम्बर ८ का स्थानीय किसान रामस्वरुप चौधरी वडा कार्यालयबाट सीमानामा मल किन्न सिफारिश लिए ।

'घण्टौं लाइनमा बस्दा समेत १ बोरा मल पाउन सकेनन् । उनले भने, ' दिनभरी नदी किनारमा उभिएर लाइन लागियो मल नपाएपछि रित्तै फर्किएँ ।'

सीमानामा मल किन्ने किसानको भीड नै लाग्ने गर्छ । उनले थपे,' सीमानामा भीडभाड हुने भएकाले कोरोना संक्रमणको जोखिम पनि उत्तिकै छ । विचौलियाबाट किसानलाई जोगाउन वडाले सिफारिस दिएकाले मात्र मल ल्याउन पाउने व्यवस्था स्थानीय तहले मिलाएको छ । अवैध आशयले भारतबाट भित्र्याइएका रासायनिक मल प्रहरीले बरामद गर्दै भन्सार कार्यालयमा बुझाउने गरेको छ ।

सिमावर्ती क्षेत्रमा मलका लागि किसानको भीडभाड बढेपछि त्यस्ता क्षेत्रहरुमा जान प्रतिबन्धित गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । 

'कोभिड नियन्त्रणका लागि मास्क अनिवार्य गरेका छौं । धानलाई मल आवश्यक परेको बेला बर्दियामा मलको हाहाकार छ । उनले भने, ' विचौलियाबाट किसान ठगिने क्रमबढेपछि अवैध रासायनिक मल बरामद गरी भन्सार कार्यालयमा पुर्‍याइएको छ । त्यस्ता मल लिलामी प्रक्रियाबाट सहकारीमार्फत गरीब किसानलाई सस्तो उपलब्ध गराउने प्रबन्ध गरेका छौं ।'

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको धानसुपर जोन बर्दियाको राजापुर क्षेत्रमा करिब १६ हजार हेक्टर क्षेत्रफलभन्दा बढीमा धान खेती गरिन्छ ।

जिल्लाकै सबैभन्दा बढी ६३ हजार मेट्रिक टन धान उत्पादन हुने जोनमा समेत मलको हाहाकार छ । बर्दियामा ५० हजार २ सय २६ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । 

बर्दियामा धानको उत्पादकत्व प्रति हेक्टर क्षेत्रफलमा ४ मेट्रिक टन छ । बबई सिंचाई आयोजना मार्फत बर्दियामा ३६ हजार हेक्टर क्षेत्रफल सिंचित छ । जिल्लामा आपूर्तिका लागि ३१ हजार मेट्रिक टन युरिया, ३ हजार मेट्रिक टन डीएपी र ९४ मेट्रिक टन पोटास आवस्यक पर्ने कृषि ज्ञानकेन्द्र बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.