धारिलो हतियार प्रयोग श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

धारिलो हतियार प्रयोग श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

महेन्द्रनगर : कञ्चनपुरको बेलौरी नगरपालिका-७ भगतपुरमा गएराति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । श्रीमान गम्भीर घाइते भएका छन् ।  ५५ वर्षीय बेलु खातीको हत्या गरिएको र उनका श्रीमान ६२ बर्षीय घनश्याम खाती गम्भीर घाइते भएको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । 

गम्भीर घाइते घनश्यामको उपचारका लागि धनगढी पठाएकोमा उपचार हुन नसकी अन्यत्र पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना खाती परिवारको घरमै मध्यरातमा घटेको हुनसक्ने अनुमान छ।

उनले घटनाको अनुसन्धान भइरहेको बताउँदै सुक्ष्म अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको जानकारी दिए। घटनाको सोधपुछका लागि मृतककै छोरा राजेश खाती र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.