‘कस्तो रोग रहेछ, गुडेर जाँदा सर्ने हिँडेर जाँदा नसर्ने ?’

‘कस्तो रोग रहेछ, गुडेर जाँदा सर्ने हिँडेर जाँदा नसर्ने ?’

धादिङ : कोरोना महामारी नियन्त्रणका लागि लडाएको लकडाउन खुकुलो बनाएसँगै सार्वजनिक सवारी साधनले यात्रुलाई चर्को भाडा लिएर ओसार्न थालेका छन्। जिल्ला भित्र सवारी साधन चल्न पाउने सरकारको निर्णयले चर्को भाडा तिर्नुपर्ने बाध्यतामा यात्रु छन्। जो गन्तव्यमा पुग्न पाउँदैनन्। तर भाडामा भने ठगिनेक्रम बढ्दै गएको छ। 

सामाजिक दूरी कायम राखेर चलाउनुपर्ने र त्यसका लागि ५० प्रतिशत बढी भाडा लिन पाइने सरकारको निर्णयमा भनिए पनि सामाजिक दूरी त परको कुरा महामारीकै बहानामा छोटो दूरीमा यात्रा गर्ने यात्रु ठगिन थालेका छन्। 

लकडाउन खुलेको घोषणा गरिए पनि एक जिल्लाबाट अर्को जिल्लामा जानको लागि कडाइ गरिएको छ। जिल्लाका सीमा नाकासम्म चलेको सवारी साधनले यात्रुसँग ३ सय प्रतिशतसम्म बढी भाडा लिइरहेका छन्। 

महामारीको जोखिम एकातिर छ। त्यसमा पनि तेब्बर भाडा तिर्नुपर्ने बाध्यतामा यात्रु छन्। 

धादिङवेशीदेखि काठमाडौसम्म चल्ने सवारी साधन अहिले धुनीवेशी नगरपालिकाको खत्रीपौवासम्म मात्रै पुग्छन्। सवारी साधन यात्रुलाई त्यही ओरालेर फर्किन्छन्। त्यसपछि करिब १ घण्टा पैदल यात्रा गरेर यात्रु नागढुङगा नाका पार गर्छन्। खत्री पौवासम्म पुगेको गाडी भाडा साविकको अवस्थामा  १ सय ५० हो। सरकारले २२५ सम्म लिन पाउने भनेपनि गाडीले ५ सय देखि ७ सयसम्म लिने गरेको गुनासो यात्रुले गरेका छन्। 

‘सरकारको लाचारीपन र अदूरदर्शी निर्णयले गर्दा महामारीको चपेटामा यात्रुले असाध्यै दुःख पाइरहेका छन्। नागढुङगाबाट गुडेर जान नपाइने, हिँडेर जान पाइने रहेछ। यो कस्तो रोग रहेछ’, खत्रीपौवाबाट हिँडेर काठमाडौं पुगेका धादिङेशीका रामकुमार गुरुङले भने, ‘त्यही बहानामा सवारीसधानले पनि ३ गुणा बढी भाडा लिने ? गुडेर जाँदा सर्ने हिँडेर जाँदा नसर्ने ?’

सवारी साधन काठमाडौँ छिर्न नपाउने भए किन र के लागि लकडाउन खोलेको भन्दै आक्रोशित हुँदै गुरुङले थपे, ‘नियम बनाउनेले यस्तो हचुवामा निर्णय गर्दा समस्या जनतालाई भएको छ। यस्तो अनावश्यक सास्ती यात्रुहरुले कहिलेसम्म पाउने ?’ 

धादिङबाट ग्रामीण यातायात प्रालि, धादिङ मण्डली यातायात प्रालि, माइक्रोबस ब्यवसायी प्रालि, ग्रामीण यातायात सहकारी संस्थालगायतका बस समितिले धादिङ काठमाडौं रुटमा चलाउँदै आएका छन्।

ग्रामीण यातायात सहकारी सस्थाका व्यवस्थापक बद्री अधिकारीले भने संस्थागत हिसाबले सवारी साधन नचलाइएकाले नियन्त्रण गर्न नसकिएको बताए। ‘हामीले संस्थागत निर्णय गरेर काउन्टरबाटै टिकट काटेर सवारी साधन छुटाएका छैनौँ’, उनले भने, ‘व्यक्तिगत रुपमा चलाइएका सवारी साधनले यात्रुसँग बढी भाडा लिएको गुनासो भने सुनेका छौँ।’ 

सवारी धनीले मनलाग्दी गरिरहदाँ प्रहरीले भने कुनै रोक लगाएको छैन। नागढुङगाबाट भित्र छिर्नको लागि पास चेकजाँच गर्नेबाहेक भाडा र सुरक्षित मापदण्डको विषयमा कुनैपनि चेकजाँच नगरिएको यात्रुको गुनासो छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.