मुहार फेरिँदै मधवापुर

मुहार फेरिँदै मधवापुर

विराटनगर : सप्तहरीको हनुमाननगर कंकालनी नगरपालिका, वडा नम्बर ४ को मुहार फेरिएको छ ।

लामो समयदेखि जनप्रतिनिधि विहीन हुँदा विकासले गति नलिएको यस वडामा निर्वाचित वडाध्यक्ष नागेश्वर मण्डलको पहलमा गाउँको मुहार फेरि थालेको हो । गएको स्थानीय तहको निर्वाचनमा निर्वाचित युवा वडाध्यक्ष नागेश्वर मण्डलले वडामा आएको विकासे रकमको सही सदुपयोग गर्दै वडाका टोलहरुको सडक निर्माणसँगै शिक्षामा उल्लेखीय सुधार भएका छन् ।

मुल सडक पीच गर्नुको साथै ढलान र ग्राभेल गर्ने कामलाई तिव्रता दिइएको छ । मण्डलकै विशेष पहलमा लामो समयदेखि रहेको खेल मैदानलाई आधुनिक रुपामा निर्माणको काम समेत सुरु भएको छ । मैदानको चारै तिर वाल निर्माण भएको छ । अन्य बाँकी काम यसै वर्ष सम्पन गर्ने योजना बनाइएको छ ।

निर्वाचित भएर आएपछि मण्डलले प्रावि स्तरको सञ्चालनमा रहेको विद्यालयलाई आफ्नै सक्रियतामा माविको रुपमा विस्तार गरी यसको वर्षको एसईई परिक्षामा विद्यार्थीहरु समेत सहभागी भएका छन् ।

नगर प्रमुश शेलेश साहसँग समन्वय गरेर प्रदेश सरकारको बजेट समेत वडामा ल्याउन सफल भएको अध्यक्ष मण्डल नगरपालिकाको नमुना वडाको रुपमा वडालाई विकास गर्ने योजना रहेको बताए ।

राजनीतिमा युवा कालदेखि नै सक्रिय भएकाले उनले तत्कालिन मधेश आन्दोलनमा सशक्त भुमिका निर्भाह गरेका थिए ।  उनले वडाको पश्चिम भएर बग्ने महुलीधारको व्यवस्थापनमा कम्मर कसेर लागेका छन् । नदी छेउमा रहेको ऐलानी जग्गामा गत आर्थिक वर्षमा दुई विगहाको क्षेत्रफलमा पोखरी समेत निर्माण गरेका छन् ।

वडास्तरमा आम्दनीका स्रोत नरहेकाले वडाध्यक्षले स्थानीय स्तरबाटै वडामा आम्दानीका स्रोत बनाउन समेत लागेका छन् । गाउँ नै हटिया लागाउनुको साथै मधेश आन्दोलनका मार्ग दर्शक स्व गजेन्द्र नारायण सिङको प्रतिमा समेत निर्माण गरेको छ ।

करिव ८ सय मिटर सडक ढलान गरेको उनले जानकारी दिए । वडाध्यक्ष मण्डलले भने –‘ निर्वाचनको बेला गरेको हरेक वाचा पुरा गरेर नै छोड्छु ।‘ विकासको काममा स्थानीय स्तरमा विरोध भए मात्र राम्रो विकास हुने भएकाले सवैको सुझावमा विकासको काम अगाडी बढाएको उनले बताए  ।  विरोध गर्नु स्वभाविक हो उनले भने –‘ विरोधका बीच विकासले मुहार फेरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.