दाङमा सेनाका जवानमा कोरोना संक्रमण
दाङ : दाङमा नेपाली सेनाका जवानमा कोरोना संक्रमण देखिएको छ। नेपाली सेनाको १९ नम्बर बाहिनी तुलसीपुरमा ट्रेनिङका लागि प्युठानबाट आएका सिन्धुलीका ३६ वर्षीय सैनिक जवानमा कोरोना पोजिटिभ देखिएको सहायक बाहिनीपति अनिल सिंहले जानकारी दिए।
बाहिनीमा ट्रेनिङका लागि आएका जवानमा कोरोनाको आशंका लागेपछि १६ गते स्वाब संकलन गरिएका उनले रिपोर्ट पोजिटिभ देखिएको बताए। ति सैनिक जवानको आइतबार नेपालगंजमा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो।
उनीसँगै एउटै गाडीमा आएका १९ जना अहिले बाहिनीभित्रै क्वारेन्टाइनमा रहेको सहायक बाहिनीपति सिंहले बताए। उनकाअनुसार क्वारेन्टाइनमा बसेका उनीहरुको छिट्टै स्वाब संकलन गरी परीक्षण गरिने भएको छ। संक्रमण देखिएका जवानको अहिले कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेको कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए।