कोरोनाबाट विराटनगरमा वृद्धको मृत्यु

कोरोनाबाट विराटनगरमा वृद्धको मृत्यु

विराटनगर : कोरोनाका कारण विराटनगरमा सोमबार एक वृद्धको मृत्यु भएको छ । कोशी अस्पतालमा भर्ना गरिएका ७७ वर्षीय वृद्धको मृत्यु भएको हो । उपचारका लागि सोमबार बिहान उनलाई आइसोलेसनमा लगिएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल  दासले विराटनगर महानगरपालिका–५ स्थानीय ठेगाना भएका वृद्धको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । 

श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना संक्रमण भएको हुन सक्ने आशंकामा बिहान १० बजे उनको स्वाब संकलन गरिएको थियो । उपचारका क्रममा उनको दिउँसो ३ः१५ बजे मृत्यु भएको मेसु दासले बताए । 

मृत्यु पछिमात्र उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । ‘वृद्धको मृत्यु भएको केही समयपछि कोरोना रिपोर्ट पोजेटिभ आयो,’ डाक्टर दासले भने, ‘कोरोना रिपोर्ट पोजेटिभ आएपछि बिरामी कुरुवाको पनि कोरोना जाँच गर्ने तयारी हुँदैछ ।’

मृतक वृद्ध मधुमेह रोगबाट पीडित थिए । चार दिनयता ज्वरो आएपछि सोमबार उपचारका लागि ल्याइएको अस्पतालले जनाएको छ । 

वृद्धको मृत्युसँगै प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनको संख्या दुई पुगेको छ । यसअघि गत बुधबार मोरङ सुनवर्षीका एक पुरुषको विराटनगरबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेपछि मृत्यु भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.