अयोध्यामा राम मन्दिरको शिलान्यास सम्पन्न, बर्दियामा दीपोत्सव गरिने

अयोध्यामा राम मन्दिरको शिलान्यास सम्पन्न, बर्दियामा दीपोत्सव गरिने

गुलरिया : भारतको अयोध्या स्थित राममन्दिर शिलान्यासको अवसरमा बर्दियामा दीपउत्सव गरिने भएको छ। विश्व हिन्दु परिषद् बर्दियाको आयोजनामा गुलरिया नगरपालिकाका विभिन्न चोकमा दीप प्रज्वलन गरी उत्सव मनाउन लागिएको हो।

    
बुधबार अपराह्न १२ बजेर ४४ मिनेट ०८ सेकेण्डको शुभमूर्हतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष धार्मिक अनुष्ठानका बिच भूमिपूजन सहित अयोध्यामा राम मन्दिर निर्माणको शिल्यान्यास गरेका छन्। भूमिपूजन पूर्व प्रधानमन्त्री मोदीले हनुमान गढीको दर्शन पश्चात रामलला मूर्तिको दर्शन गरी पारीजात फूलको विरुवा रोपेका भारतीय मिडियाले उल्लेख गरेका छन्। 

भूमिपूजन समारोहमा प्रधानमन्त्रीसँग उत्तर प्रदेशका मुख्यमन्त्री योगीआदित्य नाथ, राज्यपाल लगायत प्रवुद्ध व्यक्तिहरु सहभागी भएका छन्। सयौं वर्षदेखि विवादित रहेको अयोध्या स्थित रामजन्म भूमिमा राममन्दिर निर्माणका लागि भारतीय अदालतले फैसला गरेको थियो। विश्व हिन्दु परिषद् बर्दियाको जिल्ला स्तरीय बैठकको निर्णयबाट अयोध्यामा राममन्दिर निर्माणको लागि भूमिपूजनसहित गरिएको शिलान्यासको अवसरलाई बर्दियामा महोत्सवका रुपमा मनाउन दीप प्रज्वलन सहितको उत्सव गर्न लागिएको विश्व हिन्दु परिषद नेपाल बर्दियाका अध्यक्ष रामनरेश यादवले बताए। 

बर्दियाको गुलरिया नगरपालिका वार्ड नम्बर १ शिवचोक खैरापुर, वडा नम्बर ५ सुहेलवा चोक, वडा नम्बर ६ राधाकृष्ण चोक, वडा नम्बर ७ गुलरिया गाउँको पिपल चोक, वडा नम्बर १० रामनगर चोक, वडा नम्बर ११ गणेशपुर चोकमा दीप उत्सव गर्ने कार्यक्रम तयारी गरिएको बताइएको छ।
    
बुधबार बेलुकी तोकिएका स्थानहरुमा दीयो बाली दीप उत्सव गर्दा कोरोना भाइरस (कोभिड—१९) लाई समेत ख्याल गर्दै सामाजिक दुरी लगायत मास्क प्रयोग गरी कार्यक्रम गरिने अध्यक्ष यादवले जानकारी दिए। कार्यक्रमका बारेमा स्थानीय पालिका लगायत जिल्ला प्रशासन कार्यालयलाई पूर्व जानकारी गराइएको परिषद्ले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.