दोलखामा बाढी-पहिरो, एकको मृत्यु, स्वास्थ्यचौकीसहित ९ घर डुबानमा

दोलखामा बाढी-पहिरो, एकको मृत्यु, स्वास्थ्यचौकीसहित ९ घर डुबानमा

दोलखा : उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरामा परी एकको मृत्यु भएको छ भने बाढीका कारण र स्वास्थ्यचौकी सहित ९ घर डुवानमा परेका छन्। गौरीशंक गाउँपालिका-८, खारेको टुनिटारमा गए राति पहिरो जाँदा कालिञ्चोक गाउँपालिका-८, सुनखानीका करिब २८ वर्षीय सुरेश शिवाकोटी रहेको स्थानीयले बताएका छन्। 

मृतक शिवाकोटी सिगटीबाट टुनिटारको नवनिर्मिति घरमा सटर राख्नका लागि बिहीबार गएका थिए भने काम नसकिएर सोही स्थानमा बसिरहेको अवस्थामा पहिरोले पुरेर मृत्यु भएको स्थानीय बद्री खड्काले जानकारी दिए। सो पहिरोमा परेर तीन जना घाइते भएको दोलखाको प्रहरी प्रवक्ता निरीक्षक रुक्शा बज्राचार्यले जानकारी दिइन्।

गएराति नै आएको बाढीले गौरीशंकर गाउँपालिका-६, गुरुम्फीको बरु क्षेत्रमा खारे खोलाबाट आएको बाढी बजारमा छिर्दा स्वास्थ्यचौकी सहित ९ ओटा घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। ९ ओटा घरका १० महिला, ७ पुरुष, ७ बालक, १० बालिका गरी ३७ जना विस्थापित भई नजिकको आफन्तको सुरक्षित रहेको प्रहरीले जनाएको छ। 

बाढीले सिप्रिङखोला जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍यएको बताएको छ भने सो गाउँपालिकाको विभिन्न वडामा निर्माणाधिन रहेको घट्टेखोला, तल्लो खारेखोला जलविद्युत् आयोजनको विभिन्न संरचना बगाएको प्रवक्ता बज्राचार्यले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.