जलमग्‍न धनगढी

जलमग्‍न धनगढी

धनगढी : तीन दिनदेखि लगातारको वर्षाले धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढीका मुख्य सडक नै जलमग्न हुँदा आवत-जावतमा समस्या उत्पन्न भएको छ । प्रदेशसभा अगाडिकै सडक पार्क मोड आसपासका पसलभित्र पानी पसेको छ।

धनगढीमा सबैभन्दा बढी एलएनचोक, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । यस्तै वडा नं ३ का दर्जनभन्दा बढी घर तथा पसल डुबानमा परेका छन् । 

पानी निकास हुने गरेका पुराना खोल्सा, कुलेसामा घर निर्माण हुने क्रममा पुरिएपछि स्थानीयवासीका घर तथा पसलभित्र पानी पस्नुका साथै मुख्य सडक समेत जलमग्न भएको धनगढी-३ का शेरबहादुर धामीले बताए । उनले भने, 'उपमहानगरपालिकाका सहायक सडकमा पानीको निकास नहुँदा डुबानमा पर्नुका साथै विभिन्न मुख्य सडकमा समेत पानी जमेर स्थानीयवासीलाई आवतजावतमा समेत समस्या भएको छ ।'

वर्षाले स्थानीयवासीका धानबाली डुबानमा परेका छन् भने खेतबारी जलमग्न भई तलाउजस्तै देखिएका छन् । त्यसैगरी धनगढीमा निर्माणाधीन अवस्थामा रहेको छ लेन सडक र अर्कोतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यवस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको छ ।

धनगढी उपमहानगरपालिका-१ एलएनचोक व्यापारी राजिव गुप्ताले तीनदेखि अत्यधिक वर्षा भएको र पानी निकासको व्यवस्था नहुँदा स्थानीयवासीका घरभित्र पानी पसेको बताए । पार्कचोकका धेरै व्यापारीका पसलभित्र पानी पसेको छ ।

उपमहानगरभित्र भएका प्राकृतिक खोला नाला अतिक्रमण भएपछि डुवान समस्या बर्षेनि दोहोरिने गरेको छ । धनगढी मुख्य कैलाली नाला, सुकुटि नाला, सबैभन्दा अतिक्रमणमा परेका क्षेत्र हुन् । 

पानी निकास हुने स-सना नालाहरु हराउँदै जाँदा डुवान समस्या हुने गरेको धनगढी उपमहानगर-२ की धना बटालाले बताइन् । '२ दशक अगाडिसम्म धेरै नालाहरु खुल्ला थिए । पानी सहजै भग्ने गथ्र्ये । तर, अहिले स-साना नालाहरु मात्र नभएर मुख्य भनिएको कैलाली नाला नै साघुँरिदै जादा समस्या बढ्दै गएको छ ।'
 
नालाखोला अतिक्रमणले वर्षातमा धनगढी नगरका घर डुवानमा पर्ने समस्या वर्षौदेखि ज्यूँका त्यूँ छ ।  धनगढी-३ चटकपुरको श्रीकेदार टोल पानीको निकास हुँदा बर्षेनि डुवानमा पर्ने गरेको छ । 'चटकपुरभन्दा दक्षिणतर्फ पनि निकास हुनुपर्छ । त्यसपछि केहि सहज हुने छ।'


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.