खोलाले बगाउँदा एक पुरुषको मृत्यु
डडेल्धुरा : नुहाउन गएका एक पुरुषलाई रडुवा खोलाले बगाउँदा मृत्यु भएको छ। सोमबार दिउँसो गन्यापधुरा- २ मेलमुडाका ४८ वर्षीय मानबहादुर बोहरा रडुवा खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी सहायक निरीक्षक दधिराम न्यौपानेले बताए।
बिहान घरबाट नुहाउन खोलामा गएका उनी १–२ घण्टासम्म नर्फिएपछि खोज्दै जाँदा उनी मृत अवस्थामा फेला परेका हुन्। प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !