साउदीबाट उडे ७ हजार ८ सय नेपाली, बाँकी अलपत्र

साउदीबाट उडे ७ हजार ८ सय नेपाली, बाँकी अलपत्र

साउदी अरेबिया : साउदीमा विविध कारणले अलपत्र परेका ७  हजार ८ सय १२ जना नेपाली चार्टर उडानबाट स्वदेश फिर्ता भएका  छन्। उनीहरुसँगै ६९ जनाको शव पनि पठाइएको छ। 

दुतावासका अनुसार  कोरोनाको असरले विभिन्न समस्यामा  परेका  लगभग ३२  हजार नेपालीले नेपाल फर्किन अनलाइन  तथा टेलिफोन सम्पर्कबाट फारम भरेका छन्। २५ हजारभन्दा बढी स्वदेश फिर्ताको लागि तयार छन् भने विभिन्न कारणले मृत्यु भएका ६२ शव अझै नेपाल पठाउने प्रक्रियामा नै छन्। 

दुतावास रियादले साउदीमा रहँदा विभिन्न कारणले मृत्यु भएका ९५ नेपाली नागरिकहरूको  सम्बन्धित कम्पनीबाट प्राप्त विभिन्न  सुबिधा  लगायत ब्लड मनी सहितको रकम कानुनी हकवालाले प्राप्त गर्ने गरी नेपाल स्थित कन्सुलर सेवा विभागमा १४ लाख ५४ हजार ६ सय ८९ रुपैयाँ ६१  पैसा साउदी रियल  पठाएको  छ।

 
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र साउदी विदेश मन्त्री फइसल वीन फरान अल साउदबीच टेलिफोन संवाद भएको छ। जसमा दुवै देशबीच आन्तरिक सम्बन्ध अझै बलियो बनाउनुको साथै सहयोग क्षेत्रमा थप  विस्तार लगायत श्रमिक हकहितको लागि छलफल भएको छ। साउदीमा कानुनी रूपमा ३  लाख १५  हजार नेपाली कार्यरत छन्। कोरोना भाइरसको प्रभावबाट धेरै कम्पनी बन्द  हुने अवस्थामा छन् जसले गर्दा धेरैको रोजगारी गुम्ने अवस्था छ भने कतिपय कम्पनीले कामदारलाई  स्वदेश फिर्ता  गर्न  थालेका छन्। 

यस्तो अवस्थामा स्वदेश फिर्ताको लागि तयार रहेका नेपाली र प्रक्रियामा रहेका  नेपालीमा समस्या बढ्दै गएको देखिन्छ। कोरोना संक्रमणलाई मध्यनजर गर्दै साउदीका लागि तोकिएका चार्टर उडान तालिका सकिएलगतै हालसम्म पराराष्ट्र मन्त्रालयले साउदी स्थित नेपाली राजदुतावासलाई आगामी दिनमा हुने उडान  तालिकाको  बारेमा जानकारी गराएको  छैन।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.