बर्दियामा लक्षणसहितका संक्रमित बढ्दै : भेन्टिलेटर अभाव

बर्दियामा लक्षणसहितका संक्रमित बढ्दै : भेन्टिलेटर अभाव

गुलरिया : बर्दियामा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या बढ्दै गर्दा लक्षणसहितका बिरामीहरु फेला पर्न थालेका छन्। मौसम परिवर्तनसँगै कोभिड संक्रमणका बिरामीमा रुघा, खोकी लगायत ज्वरोसहितका लक्षणहरु देखिएका छन्। 

बर्दियामा कोभिड—१९ का चिन्ह, लक्षणसहितका बिरामी बढ्न थालेको जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए। 'सुरुसुरुमा कोरोना भाइरस संक्रमितमा कुनै लक्षण देखिएका थिएनन्। हिजोआज ज्वारो, रुखाखोकी लगायतका लक्षणसहितका बिरामीहरु स्वाब परीक्षणका क्रममा भेटिएका हुन्', उनले भने, 'लक्षणसहितको संक्रमण दर बढ्यो भने ब्यवस्थापन गर्न समस्या छ। बर्दियाका स्वास्थ्य संस्थाहरुमा पूर्ण प्रविधिसहितको ब्यवस्था छैन। जिल्लामै भेन्टिलेटर नहुँदा पटक पटक समस्या झेल्नु पर्ने बाध्यता छ।'

गिरीले भेन्टिलेटर आवस्यक भएका बिरामीलाई उपचारमा समस्या भएको र त्यस्ता बिरामीहरुलाई रेफर गर्नु बाहेक कुनै उपाय नभएको बताए। 'रेफर गरे पनि जिल्लाबाहिरका स्वास्थ्य संस्थामा उनीहरुले सहज रुपमा उपचार पाउँदैनन्। बर्दियामा तत्काल प्रविधिहरु ब्यवस्थापन गर्न नसके भविष्यमा टट्कारो चुनौती आउने छ', उनले भने। पछिल्लो समय बर्दियामा कोरोना पोजिटिभको संख्या बढ्दो क्रममा छ। स्वाब संकलनका लागि प्रयोग गरिने भीटीएम कीट जिल्लामा प्रर्याप्त छैन। 

बर्दियामा पीसीआर विधिबाट ७ हजार ८७ र आरडीटीबाट १३ हजार ४७ गरी २० हजार १३४ जनाको कोभिड परीक्षण भएको छ। जसमा २ सय ६९ जनाको नतिजा पोजिटिभ आएको छ। जनस्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक अनुसार बर्दियामा २ सय ३२ जनाले कोरोना जितेका छन्। सक्रिय संक्रमित ३७ जना विभिन्न आइसोलेसनमा छन्। पछिल्लो समय पीसीआर परीक्षणलाई जिल्लामा तीव्रता दिइएको छ। 

निषेधाज्ञा जारी गरिएको ५ दिनको अवधिमा १ हजार ३ सय ८७ जनाको स्वाब नमुना परीक्षण गरिएको छ। जसमध्ये ६ सय ६० जनाको नतिजा आउन बाँकी छ। जिल्लाका क्लष्टर स्तरमा ट्राभल हिस्ट्री नभएका केशहरु देखिएका छन्। चिसो मौसम सुरु हुन लागेकाले जाडो महिनामा संक्रमित थपिन सक्ने जनस्वास्थ्य कार्यालयको अनुमान छ।

देशैभर कोरोना संक्रमितको मृत्युदर बढेको अवस्थामा जिल्ला स्तरमा उपचारको बलियो प्रवन्ध गर्नुपर्ने बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेयले बताए। मौसम परिवर्तनसँगै कोरोना भाइरस संक्रमितहरुमा मिक्स लक्षणसहितका रोगहरु देखिनु खतरा हो। जिल्लामा कोभिड उपचारको राम्रो ब्यवस्थापन छैन। स्वास्थ्यकर्मीको सुरक्षा लगायत उपचार सेवालाई प्रभावकारी बनाउने सन्दर्भमा सरकारको पूर्वतयारी छैन। तयारी नहुँदा एक्कासी भयावह चुनौती आउन सक्नेतर्फ प्रमुख डाक्टर पाण्डेयले सचेत पारे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.