कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मन्थली नगरपालिका ‘सिल’

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मन्थली नगरपालिका ‘सिल’

काठमाडौं : मन्थली नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ। थप संक्रमण रोक्नको लागि मन्थली नगरपालिकालाई अर्को सूचना नआएसम्मको लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २ जना र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा १ जनालाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए।

उनीहरुमध्ये मन्थली नगरपालिका- १ का ५० वर्षीय पुरुष र सेलेघाट होल्डिङ सेन्टरमा बसेका वडा नं ६ का ३० वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए। त्यसैगरी हेटौंडा बस्दै आएका रामेछापका ४३ वर्षीया महिलालाई कोरोना संक्रमण भएकाले उतैबाट कन्टयाक्ट ट्रेसिङ् काम हुने बताइएको छ।

‘स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्कमा आउनुहुने सम्पूर्ण व्यक्तिहरुको पहिचान गर्ने कार्य भइरहेको छ।’, जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासन अधिकृत रामप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘मन्थली नगरपालिकाबाट १४ दिनमा सेवा लिनु हुने सम्पूर्ण सेवाग्राहीहरुलाई नगरपालिकाको स्वास्थ्य शाखा सम्पर्क गर्नुहुन अनुरोध छ।’

रामेछापमा लकडाउन थप कडाई

नगरपालिकाका स्थानीय एवम् कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भए लगत्तै बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनमा कडाइ गर्ने निर्णय गरेको छ। बैठकले जिल्लाका सीमा नाकामा थप कडाई गरिने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। 

उनका अनुसार अत्यावश्यक बाहेक ढुवानीसाधनबाहेक सार्वजनिक तथा निजी सवारी साधन संचालन गर्न नदिने निर्णय भएको छ। ‘मुख्य नाकामा बाहिरबाट हिँडेर आउने क्रम बढेको छ।’ उनले भनिन् , ‘साँझ ७ देखि बिहान ७ बजेसम्म जिल्ला प्रवेश गर्ने नाका सेलेघाट, लुभु, खैरेनीघाट लगाएत जिल्ला प्रवेश गर्ने नाकामा हिँडडुल गर्न र सवारी संचालनमा समेत रोक लगाएका छौं।’

शर्माले जिल्लामा भेला, गोष्टि, तालिम लगायत औपचारिक कार्यक्रम गर्न नदिने निर्णय भएको भएको अनावश्यक रुपमा हिँडडुल नगर्नसमेत आग्रह गरिन्। उनले कर्मचारीमा संक्रमण पुष्टि भएकाले कन्टयाक्ट ट्रेसिङको काम अगाडि बढिसकेको बताइन्।

जिल्लामा सरकारले रोक लगाएको पसलबाहेक खाद्यान्‍न सामान बिक्री गर्ने पसल बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र सञ्चालन गर्ने दिने भएको छ। जिल्लामा स्थानीयमा कोरोना भाइरस संक्रमण देखिएको यो पहिलो पटक हो। यस अगाडि विभिन्न जिल्ला तथा विदेशबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई मात्रै संक्रमण देखिएको थियो।

गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुधबार परिपत्र गर्दै मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको छ। यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो। पछिल्लो समयमा मुलुकभर कोभिड –१९ को संक्रमण बढ्दो छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.