सिन्धुलीमा कोरोना समुदायमा फैलियो, एकै दिन १३ संक्रमित

सिन्धुलीमा कोरोना समुदायमा फैलियो, एकै दिन १३ संक्रमित

सिन्धुली : पछिल्ला केही दिन यता सिन्धुलीमा पनि कोरोना भाईरस (कोभिड–१९) समुदाय स्तरमा फैलिएको बताइएको छ। शुक्रबार एकै दिन १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि समुदायस्तरमै यसको संक्रमण फैलिएको पुष्टि भएको हो।

झण्डै एक साता अघि १ सय ८८ जनाको स्वाब संकलन गरी पीसीआर टेष्टका लागि पठाइएकोमा शुक्रबार आएको रिपोर्टमा १३ जनामा पोजेटीभ देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जनाए। उनका अनुसार १३ जना मध्ये तीन जना स्थानीय समुदायका छन्। उनले भने, ‘एक जना सिन्धुली अस्पतालका कर्मचारी हुन। क्वारेन्टाईनमा बसेका ७ जना र २ जना कमलामाई नगरपालिका १४ स्थित पर्यावरण गणमा कार्यरत नेपाली सेनाका २ जना रहेका छन्।’

यसअघि आईतबार मात्र पर्यावरण गणमा कार्यरत नेपाली सेनाका चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने अस्पतालमै कार्यरत एक जना कर्मचारीको आफन्तलाई समेत कोरोना लागेको थियो। शुक्रबार कोरोना संक्रमण पुष्टि भएका क्वारेन्टाईनका ७ जना मध्ये प्रायः स्थानिय समुदायकै हुन्।

बिहीबार सिन्धुलीकै सुनकोसी गाउँपालिकाका एक जना शिक्षकमा समेत कोरोना संक्रमण पोजिटिभ देखिएको छ। उनिहरु सबैको प्रादेशीक अस्पताल हेटौडामा स्वाब परिक्षण गरिएको हो। यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ। उनिहरुमध्ये ११ जनाले कोरोना जितेर घर फर्किसकेका छन भने २३ जना उपचाररत छन्।

यसैबीच कोरोना संक्रमितको संख्या बढेसंगै जिल्लामा उपचारका लागि समस्या भएको छ। सिन्धुली अस्पतालमा १४ वटामात्र आईसोलेसन वेड भएकाले थप संक्रमितलाई राखेर उपचार गर्न किठन भएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डाक्टर प्रसन्नजंग राजभण्डारीले बताए। ‘१४ मध्ये १० वटा वेड मात्र खाली भएकोमा बिहिबार र शुक्रबार गरेर थप १५ जनामा कोरोना पुष्टि भएपछि उनिहरुलाई तत्काल राख्नपनि थप पाँच बेड आइसोलेसन आवश्यक पर्ने छ,’ उनले भने।

उता अन्य संक्रमितलाई व्यवस्थापन गर्न कमलामाई नगरपालिका ६ मा रहेको एपोलो अस्पतालमा आइसोलेसन वेड बनाउन थालिएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिए। सिन्धुलीमा हालसम्म ३३ वटा आइसोलेसन वेड र ५ सय ३५ वटा क्वारेन्टाईन बेड रहेका छन्। यि मध्ये सदरमुकाममा १४ वटा आइसोलेसन बेड रहेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.