लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का पक्राउ

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का पक्राउ

काठमाडौं : रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का पक्राउ परेका छन्। शुक्रबार मध्यान्हमा मन्थलीबाट शरीर बन्धक कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र पौडेलले जानकारी दिए।

स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न दबाब दिएको उजुरीका आधारमा अध्यक्ष खड्कालाई पक्राउ गरिएको अन्नपूर्णपोस्ट्लाई बताए। खड्कासँगै लिखु तामाकोसी-५ का लालबहादुर तामाङलाई समेत पक्राउ गरिएको छ। 

घटनाको अनुसन्धानका लागि जिल्ला अदालतबाट पहिलो पटक सात दिनलाई म्याद थप गरी उनीहरुलाई हिरासतमा राखिएको छ। म्याद थप भएसँगै उनीहरु माथि आवश्यक अनुसन्धान भइरहेको पौडेलले बताए। 

उपभोक्ता समिति गठन गरी गाउँपालिकाबाट धोबी बजार क्षेत्रमा सडक तथा नाला निर्माणका बजेट प्राप्त भएको थियो। गाउँपालिकाबाट उपभोक्ता समितिको खातामा रकम आइसकेपछि खड्काले चेकमा हस्ताक्षर गर्न दवाब दिएको र नगरेपछि धम्कीपूर्ण भाषा प्रयोग गरेको समितिका एक सदस्यले जानकारी दिए। उनले समितिका पदाधिकारीले हस्ताक्षर गर्न नमानेपनि पछि खातामा रहेको रकम निकालिसकेको बताए। उनकाअनुसार सडकमा स्टमेट अनुसार काम पनि पूर्ण र स्तरिय हुन सकेको छैन। 

जनप्रतिनिधिबीच नै विवाद

खड्का तत्कालीन नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए। नेकपाको बाग्मती प्रदेश कमिटीको बैठकले पार्टी नीति विपरीत काम गरेको भन्दै नेकपा रामेछाप जिल्ला कमिटीका सदस्य गत वर्ष खड्कालाई निलम्बन गरेको थियो। नेकपाले उपाध्यक्षलगायत जनप्रतिनिधिलाई फौजदारी मुद्दा दायर गरेको भन्दै अध्यक्ष खड्कालाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको हो। 

लिखु तामाकोशी गाउँपालिकामा विद्युतीकरणमा १२ करोड ४४ लाखमाथि खर्च भएको पालिका अध्यक्ष खड्काले कार्यपालिका बैठकमा पेश गरेका थिए। गाउँपालिकाबाट विद्युतिकरण गर्दा तिर्नु पर्ने बाँकी ६ करोड ९५ लाख रकम थप विनियोजन गर्नु पर्ने माग अध्यक्षले राखेपछि कार्यपालिकाका बहुमत सदस्यले अनुगमन गरेर मात्रै थप भुक्तानी दिने अडान राखेपछि असमझदारी बढेको थियो।

काठमाडौंको स्वयम्भूमा गत वर्षको साउन २४ गते प्रहरीले गोली चलाएर लोप्साङ भनिने मिलन तामाङ (बाबुराम) लाई पक्राउ गर्यो। उनीसँगै अमृत तामाङ पनि प्रहरीले समातेको थियो। लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्कासँग चन्दा माग्दै पैसा नपाए छोरी अपहरण गर्ने धम्की दिएको भन्ने अध्यक्ष खड्काको जाहेरीपछि प्रहरीले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरेको थियो।

उक्त गोलीकाण्डपछि अध्यक्ष खड्काले आफूलाई धम्की दिने भनिएका युवकहरुलाई वडाध्यक्ष सुवास बोहरा र गाउँपालिका उपाध्यक्ष दीपशीखा दाहाल,  नेकपाका नेता ध्रुव कार्की संलग्न रहेको भन्दै मुद्दा दायर गरेका थिए। तर उनीहरु आरोप पुष्टि गर्न चुनौति दिँदै खड्कालाई पैसा मागेर धम्क्याउने कार्यमा आफ्नो कुनै सम्लग्नता नभएको दावि गरेका थिए। त्यसपछि काठमाडौं जिल्ला अदालतले दाहाल, बोहोरा र कार्कीलाई धरौटीमा रिहा गरेको थियो। फौजदारी अभियोगमा एकअर्काबीच अदालतमा मुद्दा चलेकाले उनीहरुबीच अहिलेपनि सम्बन्ध राम्रो छैन।

गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिबीच मनमुटाव हुँदा गत वर्ष असार महिनामै पास गरेर साउन महिनाबाट कार्यान्वयनमा आउनु पर्ने भएपनि गाउँपालिकाको बजेट तथा कार्यक्रम चैत महिनामा पास भएको थियो। तर यस वर्ष भने समयमै गाउँपालिकाको बजेट तथा कार्यक्रम आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.