डोटीमा कोरोना संक्रमितको संख्या ७४४ पुग्यो, आइसोलेसनमा १३ मात्रै

डोटीमा कोरोना संक्रमितको संख्या ७४४ पुग्यो, आइसोलेसनमा १३ मात्रै

डोटी : जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या सात सय ४४  पुगेको छ। सुदूरपश्चिम प्रदेशको कैलालीपछि सबैभन्दा बढी संक्रमित भएको जिल्ला डोटी नै हो । सात सय ४४ जनामध्ये १३ जना मात्रै पालिकाले बनाएका आइसोलेसनमा बसेका छन् भने बाँकी सबै डिस्चार्ज भएर आ-आफ्नो घरमा छन् ।

संक्रमित सबै भारतबाट आएका भएपनि तीनजना भने भारतबाट आएका पुरुषका श्रीमति रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । संक्रमितको संख्या बढी देखिए पनि डोटीमा समुदायस्तरमा भने अझै कोरोना फैलिएको छैन । स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार नै कोरोना पोजिटिभ देखिएका व्यक्तिहरुलाई स्वाब लिइएको दिनदेखि १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको मलासीले बताए । 

भारतबाट आएकाबाहेक समुदायका अन्य आठ सय जनाको परीक्षण गरिएको र त्यसमध्ये पाँच सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले  जनाएको छ । आइसोलेसनमा रहेका १३ जनामा समेत कुनै किसिमको लक्षण नदेखिएको बताइएको छ । डोटीमा सयौंको संख्यामा कोरोना पोजिटिभ देखिएको भएपनि लक्षण भने कुनैमा पनि नदेखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन दिपेन्द्र मिश्रले बताए ।

भारतबाट ठूलो संख्यामा घर फर्केका कारण ठूलै संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य प्रमुख मलासीले बताए । लकडाउनपछि डोटीमा हालसम्म १७ हजार ४ सय ७९ जना भारतबाट भित्रिएका छन् । ती मध्ये ७ सय २२ जना अझै क्वारेन्टाइनमा रहेका छन् । भित्रिने क्रम अझै पनि रोकिएको छैन । अहिलेसम्म डोटीमा सामान्य अवस्था देखिएको भएपनि समुदायस्तरमा भने त्रास फैलिएको छ।

दुर्गा नेपाली शिखर नगरपालिका ५ मा रहेको राधाकृष्ण माविको क्वारेन्टाइनमा बसेकी थिइन् । उनको स्वाब संकलन गरेको केही दिनमा रिपोर्ट आयो र रिपोर्ट आएको भोलिपल्टै उनको सुत्केरी हुने मिति थियो । 

उनलाई सोही दिन जिल्ला अस्पताल लगेको थियो । अस्पतालमा राखेको केही दिनपछि उनले छोरालाई जन्म दिइन् । सुत्केरी भएको पाचौं दिनमा उनको र बच्चाको फेरी स्वाब लिइयो र दोस्रो पटक पनि उनमा कोरोना पोजिटिभ देखिए पनि बच्चामा भने नेगेटिभ देखियो । 

तर फेरी पनि पोजिटिभ देखिए पनि उनलाई तेस्रो दिनमै घर पठाइयो । अहिले उनी घरमै छन् ।पोजिटिभ भएर घरमा बस्दा घरपरिवार तथा समाजका व्यक्तिले हेर्ने दृष्टिकोण नै फरक रहेको र सोहीअनुसार व्यवहार खेप्नुपर्ने दुर्गाले बताइन्।

केश साउद पनि संक्रमित मध्यकै व्यक्ति भएपनि अहिले उनी गाउँका अन्यसँगै काममा जाने गर्छिन् । 'अहिले पूर्वतिर समुदायमा फैलिरहेको भन्ने खबर सुनिरहेको छ,' स्थानीय जितेन्द्र सिंहले भने, 'संक्रमित सबै गाउँ-गाउँमा रहेका छन्, सँगै काम गर्नुपर्ने बाध्यता छ, त्यसैले अन्यमा पनि फैलिन्छ कि भन्ने त्रास छ ।'

प्रदेश सरकारको लापरवाहीका कारण अझ गाउँ-गाउँमा भाइरस फैलिने डर रहेको स्थानीय हेमराज रोस्याराले बताए । सिमानाकामा चेकजाँच नगरिकनै पठाउँदा र जिल्लामा आइसके पनि स्थानीय तहको लापरवाहीका कारण भयावह अवस्था आउन सक्ने रोस्याराले बताए ।

उनले भने, 'लक्षण नदेखिएको र १४ दिन पुगेको भन्दैमा संक्रमितलाई घर पठाइरहेका छन्, यसले मौसम परिवर्तनसँगै समस्या निम्त्याउन सक्छ ।' डोटीमा सबैभन्दा बढी शिखर नगरपालिकामा एक सय ९३ संक्रमित रहेका छन् भने सबैभन्दा कम केआईसिंह गाउँपालिका र बडीकेदार गाउँपालिकामा समान १३ संक्रमित रहेका छन् ।

अझै पीसीआर मेसिन जडान भएन

जिल्लामा भित्रिएको १९ दिन बितिसक्दा समेत अझै पीसीआर मेसिन जडान हुन सकेको छैन । प्रदेश सरकारमार्फत आएको पीसीआर मेसिन जिल्ला अस्पतालमा राखिएको छ । मेसिन साउन १३ गते ल्याइएको थियो ।अबको केही दिनमै पीसीआर मेसिन जडान गरिने जिल्ला अस्पताल संचालन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।

'मेसिन जडान गर्ने प्राविधिक नआएका कारण ढिलो हुन गएको हो, 'अध्यक्ष जोशीले भने, '२÷३ दिनमा प्राविधिक पुग्छन् अनि काम सुरु हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.