बोल्न नसक्ने महिलामाथि सामूहिक बलात्कार

बोल्न नसक्ने महिलामाथि सामूहिक बलात्कार

महोत्तरी : महोत्तरीमा बोल्न नसक्ने एक महिलामाथि सामूहिक बलात्कार भएको छ । गत श्रावण १० गते राति ९ बजे महोत्तरी रामगोपालपुर नगरपालिका–५ कञ्चनपुरकी ३५ वर्षीया महिला सामूहिक बलात्कारको शिकार भएकी हुन् ।  

बलात्कारको घटना मिलाउन शक्ति र पैसाको चलखेल भएको स्थानीउले बताएका छन् । घटना मिलाउने प्रयासमा दलका स्थानीयदेखि केन्द्रीय  नेतासमेत लागेको स्थानीयको आरोप छ।

घरबाट शौच गर्न निस्किएकी महिलालाई मुखमा रुमाल बाँधेर घरनजिकैको उखु बारीमा लगेर दुई युवाले बलात्कार गरेको स्थानीयले बताएका छन् । सोही क्रममा महिला चिच्याएपछि दुवै युवक भागेका थिए ।  घटनास्थलबाट स्थानीयको सहयोगमा मोबाइल र कपडा बरामद गरेको  प्रहरीले जनाएको छ।

पीडित पक्षले प्रहरीमा दिएको किटानी जाहेरीअनुसार महोत्तरीको औरही नगरपालिका–९ भवानीपुरका २६ वर्षिय जितु मण्डल र सोही उमेरका खुर्के मुखियाले जबरजस्ती गरेका थिए ।   

पीडित पक्षले ११ गते नै प्रहरीमा किटानी जाहेरी दिएका थिए । घटनास्थलबाट आरोपितको कपडा र मोबाइल बरामद भएपनि जाहेरी दिएको झण्डै महिनासम्म पीडकलाई प्रहरीले नियन्त्रणमा लिएको छैन । बलात्कृत महिला तीन सन्तानकी आमा हुन् ।  

पीडितको पक्षमा बोलिदिने कोही नभएकाले न्यायका लागि ढिलाइ भइरहेकोस्थानीय राजनारायण मण्डलले गुनासो गरे।  ‘आर्थिक रुपमा हामी निकै कमजोर छौं, परिवारले दैनिक मजदुरी नगरे मुखमा माड लाग्दैन, मण्डलले भने, ‘राजनीतिक दल पैसाको आडमा घटनालाई ढाकछोप गर्न खाजिँदै छ ।’ 

इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक कैलाश भट्टराईले घटनाको फरार आरोपीको खोजबिन भइरहेको बताए । घटना मिलाउनमा ६ लाख रुपैयाँको बार्गेनिङ भइरहेको अडियोसमेत सार्वजनिक भएको छ । रामगोपालपुर वडा नम्बर ५ का वडा अध्यक्ष जितेन्द्र चौधरीले नै घटना मिलाउन सक्रीय रहेको स्थानीयको आरोप छ । अडियोको संवादमा फरार युवकहरु भारत भागेको भनिएको छ । 

समाजलाई नै कलंकित बनाएको बलात्कार जस्तो जघन्य अपराधको घटना मिलाउन  जनप्रतिनिधि दलका नेताहरु समेत लागि पर्नु समाजिक अपराधको भएको आरेक धनुषाकी संयोजक रोजलिङ्ग बच्छार बताउछिन् । 

मुलुकी अपराध संहितामा जबर्जस्ती कारणीलाई जघन्य अपराधमा राखी २० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.