४७७ स्वाब परीक्षण गर्दा ७ जनामा कोरोना पोजिटिभ
डडेल्धुरा : पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा परीक्षण गरिएका स्वाब नमुनामध्ये ७ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ। कूल ४ सय ७७ जनाको स्वाब परीक्षण गरिएकोमा ७ जनाको रिपोर्ट पोजिटिभ र ४ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब इन्चार्ज इश्वरी भुषालले जानकारी दिए।
उनका अनुसार अछामको मेल्लेख गाउँपालिकाका ३ जना, डोटीको सायल गाउँपालिकाका २ जना र डोटीकै दिपायल सिलगढी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो।
प्रतिक्रिया दिनुहोस !