रौतहटमा मन्दिरका पुजारीको गोली हानी हत्या

रौतहटमा मन्दिरका पुजारीको गोली हानी हत्या

रौतहट : रौतहटमा गए राती पुजारीको गोली हानेर हत्या गरिएको छ। रौतहटको माधवनारायण नपा २ खेसरहियाटोल स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको हत्या भएको हो।

बुधबार राति करीव ९ बजे खाना खाइरहेको अवस्थामा  साहको कन्चटमा गोली हानेर हत्या गरिएक‍ो प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ। केही दिन अघि पनि रौतहटक‍ो गरुडा नपा ८ मा १७ वर्षीय युवकको घाँटी रेटेर हत्या भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.