कोरोना कहर : यसपालिको तीजमा न माइत, न मन्दिर

कोरोना कहर :  यसपालिको तीजमा न माइत, न मन्दिर

गुलरिया :

यसपालिको तीजमा, म माइत गइन्।

कोरोना कहरले, छेक्यो बरिलै ।

स्वस्थ रहे अर्को साल, आउँला मेरा बाबै

छोरी आइन भनेर, नरोए बरिलै ।।

अवस्था सामान्य भइदिएको भए यतिबेला चेलीबेटीहरु तीज मनाउने तरखरमा हुन्थे। कोही माइत जाँदै हुन्थे भने कोही दर पकाउनमै  व्यस्त हुन्थे। तर परिस्थित फरक भइदिँदा चेलिबेटीहरु यतिबेला घरभित्र बस्न बाध्य भएका छन्। विश्वव्यापीरुपमा फैलिएको कोरोना (भाइरस कोभिड-१९) का कारण  चाडपर्वदेखि सबै कुरा अस्तव्यस्त  छ। समुदायमा कोरोना फैलिएपछि धेरैजसो स्थानमा निषेधाज्ञा जारी गरिएको छ। यतिबेला कोरोनाले तीजका चेलीहरुलाई  घरभित्र थुनिदिएको छ। तैपनि महिला दिदिबहिनीहरु घरमै तीज मनाउने सुसारमा छन्। हेरौं बर्दियाका चेलीहरुको तीज तयारी।

सधैं तीज पर्वमा माइत जान रहर गर्ने गुलरिया नगरपालिका ६ निवासी अञ्जु शर्मा यसपटक माइत गएकी छैनन् । जान्ने भएदेखि सधै मनाएको तीज कोरोना भाइरस (कोभिड-१९) महामारीको जोखिमले घरमै मनाउने उनको बिचार छ । 

जिल्लामा मात्रै होइन क्लस्टर स्तरमा समेत व्यापक कोरोना संक्रमित देखिन थालेपछि घरपरिवारमै रमाउँदै तीजको ब्रत बस्ने तयारी उनको छ ।तीजमा माइत नगएपछि तीज आएजस्तै लाग्दैनथ्यो । यतिखेर कोरोना महामारीको चारैतिर त्रास छ । त्यसैले यस वर्ष माइत जाने मनसाय बनाएन,' शर्माले भनिन्,' सधै एकनास कहाँ हुन्छ र । ज्यानै जोखिममा पारेर चाडपर्व मनाउनुको अर्थ पनि छैन । स्वास्थ्य सुरक्षित रहे अर्को वर्ष रमाइलो गरी तीज मनाइ हालिन्छ नि ।'

परम्परा धान्ने मनसायमा छु, शर्माले थपिन्, 'मन्दिरमा पनि भीडभाड हुन्छ, ब्रत बसेको दिन घरमै पूजा गर्छु । आफै सुरक्षित हुनुपर्ने अवस्था आएको छ ।' जताततै कोरोना संक्रमित देखिन थालेपछि सबै दिदी, बहिनीहरुलाई सजग रहन उनले सुझाव दिइन् । उनी मात्र होइन यस वर्ष धेरै महिला दिदी बहिनी माइत नगई घरमै तीज मनाउने तयारीमा छन् । कोरोना कहरले गर्दा तीजको अघिल्लो दिन चेलीबेटीलाई खुवाइने दर खाने कार्यक्रम पनि धेरैले कटौती गरेका छन् ।

जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारीपछि यातायातका सवारी साधनहरु पनि चलेका छैनन् । तीजका दिन मन्दिरमा पूजाका लागि आउने भक्तजनलाई सामाजिक दुरी कायम राख्न अनुरोध गरिएको वगलामुखी मन्दिर गुलरियाका पुजारी डील्लीप्रसाद उपाध्यायले बताए । शिवालयमा पूजाअर्चना गर्न आउने भक्तजनले अनिवार्यरुपमा मास्क लगाएर आउनु जरुरी छ । उनले भने,' कोरोना महामारीका बेला यसको नियन्त्रण गर्न सबैको ऐक्यवद्धता हुनुपर्छ ।'

तीज पर्वका अवसरमा गरिने भीडभाडले कोरोना संक्रमण फैलिने भएकाले भीडभाड नगर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । कोरोना संक्रमणका कारण यस वर्ष दिदी बहिनीलाई घरमै बसेर तीज मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

'तीज पर्वको अवधिमा निषेधाज्ञा जारी गरिएकाले अत्यावश्यक कामबाहेक घरबाहिर निस्कनु उचित छैन । पर्वमा बेला असहज महशुस भएपनि केही दिनपछि अवस्था सामान्य हुन्छ,' उनले भने,' बर्दियामा कोरोना भाइरस संक्रमितको संख्या ३ सय नाघेकाले सबैजना सजग हुनुपर्ने अवस्था छ । सबैले मिलेर कोरोना महामारीलाई परास्त गर्नुपर्ने बेला आएको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.