पीसीआर रिपोर्ट नहुँदा डायलासिस गर्न नपाएका बिरामीको मृत्यु

पीसीआर रिपोर्ट नहुँदा डायलासिस गर्न नपाएका बिरामीको मृत्यु

जनकपुरधाम :  नियमित डायलाकिो बिरामीको उपचार नपाएर मृत्यु भएको छ। बुद्ध आमा बुवासँगै एम्बुलेन्समा प्रादेशिक अस्पताल जनकपुरमा डायलासिसका लागि पुगेका युवाको उपचार नपाएर मृत्यु भएको हो। मिर्गौला सम्बन्धि समस्याबाट पीडित धनुषाको सबैला नगरपालिका-२ का प्रमोद महतोको डायलासिस अभावमा बुधबार मृत्यु भएको हो। 

डायलासिसका लागि अस्पताल आएपनि उपचार नपाउँदा मृत्यु भएको परिवारको आरोप छ। मंगलबार सिकिस्त भएका प्रमोद हिँडन् बोल्न सक्ने अवस्थामा समेत थिएनन्। 

आङ सिरिङ हुने उनको चिच्याहटले अस्पतालमा आउजाउ गर्ने स्वस्थ्यकर्मीसँगै अन्य सबैको ध्यान खिचेका थिए। अवस्था यतिसम्म नाजुक थियो कि उनलाई बोल्न सक्ने समेत जिउमा तागत थिएन्। आमा–बुवाले काँधमा राखेर जसोतसो उनलाई सम्हालेका थिए। अस्पताल पुग्नसाथ डायलासिस कक्षतर्फ जाँदा सुरक्षा गार्डले रोकेका थिए। 

छोराको अवस्थाबारे त्यहाँ भएका चिकित्सकलाई हारगुहार लगाउँदै सुनाए पनि कसैले नसुनेको उनीहरुको गुनासो छ। कोरोनाको जोखिम रहेको भन्दै चिकित्सकले पहिले पीसीआर रिर्पोट लिएर आउन लगाए। तर तत्काल पहुँच नभएका प्रमोदका बुवा आमाको लागि पीसीआर रिपोर्ट तत्काल सम्भव भएन्। 

प्रमोदको पीडा झन बढ्दै थियो। ‘हामीले बिन्ती लगायौं, तर तर जतिभन्दा पनि उपचार गर्न मानेनन्, प्रमोदका बुबा जोगेन्द्र महतोले भने,  ‘कोरोनाको कारण हामी भर्ना लिदैनौँ। यहाँबाट बिरामी लानुहोस् भनेर डाक्टरले फर्काइदिए।’ 

जति गुहार गरे पनि चिकित्सकले भित्र प्रवेश नदिएको महतोको भनाइ छ। ‘गेटबाट भित्र पनि पस्नै दिएन’, उनले भने, ‘छोराको उपचारको लागि त्यहाँका डाक्टरलाई घण्टौ बसेर हार–गुहार लगाएँ तर कसैले सुनेन्।’ 

प्रमोद करिब एक वर्षदेखि मिर्गौलाको उपचार गराइरहेका थिए। एकसाता अघि काठमाडौँको टिचिङ अस्पतालबाट प्रमोद घर फर्केका थिए। त्यसयता उनी औषधि सेवन गरेपनि उनको अवस्था बिग्रिदै गएको फुफु ललिता देवीले बताइन्।

मंलवार दिउँसो ३ बजे प्रमोदसहित प्रादेशिक अस्पताल पुगेका आमाबुवा साँझ सात बजेसम्म उपचारको कुनै उपाय नदेखेपछि गम्भीर अवस्थामा रहेका छोरालाई घर ल्याउन एम्बुलेन्स चहारे। तर कुनै एम्बुलेन्सले घर ल्याउन नमानेपछि अटो भाडा गरेर राति ८ बजेमात्र उपचार बिनै घर फर्किए।

यता घटना सम्बन्धन्मा प्रादेशिक अस्पताल जनकपुरले बिहीबार प्रेस विज्ञप्ति जारी गरी मृतक प्रमोदको आमाबुवाले उनलाई बलपूर्वक डायलासिस वार्डमा प्रवेश गराएको आरोप लगाएको छ। बिरामीलाई ड्युटीमा रहेका स्टाफ नर्सले फिजिसियन चिकित्सक तथा डायलसिस विभागको प्रमुख चिकित्सक दुबै जनालाई बोलाएर बिरामीको चेकजाँच गरेको दाबी गरेका छन्। 

बिरामीले कुनै प्रकारको चिकित्सकीय कागजात लिएर नआएको साथै चिकित्सकले लेखेको कुनै जाँच समेत नगराएको अस्पताल प्रशासनले बिना हस्ताक्षर जारी विज्ञप्तिमा भनिएको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.