साउदी दूतावासको सहयोगमा ६ सय नेपालीले पाए वहिर्गमन भिसा

साउदी दूतावासको सहयोगमा ६ सय नेपालीले पाए वहिर्गमन भिसा

विष्णु घिमिरे

साउदी अरेबिया : साउदी अरेबियास्थित नेपाली दूतावास रियादले वहिर्गमन भिसा पाउने नेपालीको नामावली सार्वजनिक गरेको छ ।

दूतावासले आफ्नो फेसबुक पेज `एम्बेसी अफ नेपाल रियाद` मा सार्वजनिक गरेको सूचना अनुसार हालसम्म ६ सय १८ जनाले वहिर्गमन भिसा प्राप्त गरेका छन् । दूतावासका अनुसार साउदीमा लामो समयदेखि सम्बन्धी कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा अनुमतिपत्र (अकामा) नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीलाई स्वदेश फर्काउन आवश्यक

कागजात सहित वहिर्गमन भिसा सहज र सरल रुपमा प्रदान गर्न साउदी सरकारलाई लामो समयदेखि आव्हान गरेको थियो ।

समस्यामा परेका नेपालीले वहिर्गमन भिसाको लागि २ हजार ५ सय भन्दा बढी फारम भरेका छन् । साथै यस भिसाको लागि ५ महिनादेखि निवेदन दिएकामध्ये दूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीबाट संकलन गरेका विवरण साउदी सरकारलाई उपलव्ध गराएको थियो भने कोरोना भाइरसका कारण प्रक्रियामा ढिलाइ समेत भएको थियो ।

कोरोनाको महामारीसँगै वहिर्गमन भिसा प्राप्त गरेकामध्ये करिव २ सय ५० बढी नेपाली चार्टर्ड उडानबाट स्वदेश फिर्ता समेत भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.