संक्रमित भन्छन् : आइसोलेसनभन्दा गोठ सफा हुन्छ

संक्रमित भन्छन् : आइसोलेसनभन्दा गोठ सफा हुन्छ

जनकपुरधाम : खाजामा च्यूरा–भुजा र पातलो पानीजस्तो तरकारीको झोल दिएपछि संक्रमितले धनुषाको गंञ्गुली स्थित आइसोलेसनबाट धमाधम भिडियो फुटेज र फोटो समाजिक सञ्जाल राखिरहेका छन्। उक्त भिडियो र फोटो भाइरल बन्दै छ। 

आइसोलेसन सुधारको मागसहित कोभिड पोजिटिभ स्टाफ नर्स, अनमी तथा अस्पतालकै कर्मचारीले आन्दोलन गरे। त्यसलगत्तै प्रदेश सरकारका एक मन्त्रीले र उपचारमा खटिएका चिकित्सकले खाजा र खानामा सुधार ल्याउने आश्वासन दिए। तर भोलिपल्टै पुनः आइसोलेसनका बिरामीलाई बासी तरकारी खुवाइयो। आइसोलेसन भवन बाहिरबाट पर्खालसहित रङरोगन गरिएको झट्ट हेर्दा आकर्षक र भव्य छ। भित्रको सेवा सुविधा राम्रै मानेर कोभिड बिरामी भित्र पस्छन् तर भित्रको अवस्थाले बिरामी निकै कष्ठ भोगिरहेका छन्।

आइसोलेसन कोठाभित्र नपुग्दै भद्रगोल व्यवस्थापन देखेर नयाँ आउने संक्रमित झस्किन्छन्। गत चैत १४ देखि क्वारेन्टाइनबाट आइसोलेसनमा परिणत गरिएको धनुषाको नगराइन नगरपालिका गंगुली स्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रमा खाना र खाजाको कुरै छोडौं बस्नसमेत समस्या भएको संक्रमित राकेश साहले बताए। ‘प्रदेश सरकारले सञ्चालन गरेको आइसोलेसनमा न समयमा खाना पाइन्छ, न त खाजा नै। दिएको खाना पनि खान सकिंदैन । झन शौचालय त गइसक्नु हुँदैन।’   

संक्रमण पुष्टि भएकाको विशेष हेरचाह, चिकित्सकीय निगरानी र स्वस्थ्य–सफासुग्घर वातावरण हुनुपर्ने हो तर सञ्चालित आइसोलसनमा महिनौंदेखि झाडुसमेत नलागेको संक्रमित सन्तोष ठाकुरले बताए। उनले भने, ‘आइसोलेसनमा महिनौंदेखि सरसफाइ भएको छैन, फोहोरकै बीचमा ओछ्यान लगाएर बस्न बाध्य बनाइएको छ। केही संक्रमितले आफ्नै घरबाट ल्याएको झुल र तन्ना ओछ्याएर सुत्छन् भने केहीले भुइँमै सुत्नुपर्ने बाध्यता छ। लाइन रहुन्जेल पंखा चल्छ, लाइन कटेपछि लामखुट्टेले टोकेर हैरान पारिदिन्छ।’ गोठमा बसेको भन्दा पनि खराब अनुभव भएको उनले बताए । 'गोठमा त बरु सधैं सफाइ हुन्छ, तर यहाँ हुँदैन। गाईगोरुले जस्तै खाने खाना खानुपर्छ । पौष्टिक आहारको कुरै छोडौं, पानी तताउने सुविधा पनि छैन’, ठाकुरले गुनासो गरे।

उच्च रक्तचाप र दमका दीर्घरोगी रहेका धनुषाको मिथिला बिहारी नगरपालिका ५ का ७५ वर्षीय वृद्ध खाट वरिपरि थुप्रिएको फोहोरकै डंगुरमा दिन बिताइरहेका छन्। उनले भने, ‘यहाँ त दिनप्रतिदिन झनै बिरामी पर्न थालेको छु, चारैतिर फोहोर छ। खाना खाने लायकै हुँदैन। उच्च रक्तचापले टाउको दुख्छ, हातखुट्टा पोल्छ, बेचैन हुन्छु, डाक्टर बोलाउँदा कसैले सुन्दैनन्’, उनले पीडा पोखे। 

मिथिला बिहारी नगरपालिकाकै अर्का संक्रमित मधुमेह रोगी हुन्। तर मधुमेह झनै बढाउने खाना खान बाध्य रहेको सुनाए। उनले भने, ‘डाक्टरले आलु, बन्दा नखान भनेका छन् तर यहाँ रातदिन आलु, बन्दा र भिन्डीकै तरकारी खानुपरेको छ। दुई दिन कराएपछि मात्र रोटी खान पाएको छु।’ 

गञ्गुली आइसोलेसनका इन्चार्ज सन्तोष ठाकुर भने प्रत्येक संक्रमितलाई घरमा जस्तै खाना खुवाउन सम्भव नभएको बताउँछन्। कोरोनाविरुद्ध प्रवर्द्धनात्मक, नियन्त्रणात्मक, व्यवस्थानात्मक र उपचारात्मक तरिका अपनाउने नाममा लगभग ३ अर्ब खर्च गरे पनि क्वारेन्टाइन र आइसोलेसनमा उपचार नपाएर दिनदिनै संक्रमितले मृत्युवरण गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.