पूर्वमन्त्रीको ड्रागनखेती

पूर्वमन्त्रीको ड्रागनखेती

दाङ : तत्कालीन माओवादीको कमान्डर हुँदै सत्तामा समेत पुगेका पूर्वमन्त्री लोकेन्द्र बहादुर विष्टको बारीमा यतिबेला लटरम्म ड्रागन फ्रुट फलेको छ। राजनीति छोडेर व्यवसायमा लागेका उनले दाङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेका छन्।

तुलसीपुर–घोराही सडक खण्डको बिजौरीमा ड्रागन फ्रुट फूलेको, फलेको र पाकेको दृश्य निकै लोभलाग्दो छ। विष्टको बगैंचामा अहिले लटरम्म ड्रागन फ्रुटले ढाकेको छ। बाँझो जमिन भाडामा लिएर उनले यो व्यवसाय थालेका हुन्। तेस्रो लटको फलसमेत बजारमा पठाइसकेका विष्टले १० हजार क्विन्टल ड्रागन फ्रुट उत्पादन गरिसकेका छन्। असारमा पहिलो लट उत्पादन भएको थियो। अहिले बारीमा दोस्रो लटका ड्रागन फल पाकिरहेको छ। तेस्रो लटको तयारी हुँदैै छ। तुलसीपुर उपमहानगरपालिका—१८ बिजौरी मैरवास्थित बाँझो जमिन सदुपयोग गर्दै विष्टले दुई वर्ष अघिदेखि व्यावसायिक ड्रागन फ्रुटको खेतीगर्न थालेका हुन्। अन्य दुई जनाको संयुक्त लगानीमा नौलो प्रजातिको मानिने ड्रागन फ्रुटको खेती गरिएको हो। उनले रोपेका सात हजार बिरूवामध्ये २ हजार ५ सय सेतो प्रजाति र ४ हजार ५ सय रातो प्रजातिका छन्। यो वर्ष मात्रै सात सय बिरुवा थपेका छन्।

हरेक बोटमा ५ देखि २५ वटासम्म फल लागेको उनले बताए। पछिल्लो लटमा रोपेका थप चार हजार बिरूवाले अझै फल दिन सुरु गरेका छैनन्। ती सबै बोटले फल दिए एकै लटमा कम्तीमा १० क्विन्टल तयार हुने र त्यसपछि मागबमोजिम अन्य सहरमा पनि पठाउन सकिने मगरले बताए। अहिले मागअनुसार आपूर्ति गर्न सकेका छैनन्। दुई प्रकारका फल रहेको र प्रकार अनुसारकै मूल्य र विशेषता रहेको विष्टले बताए। ‘ड्रागन फ्रुट खोज्नेहरू बगैंचामै आए। बाहिर रातो र भित्र सेतो हुने फल किलोको सात सय र बाहिरभित्र सबै रातो हुने प्रतिकिलोको आठ सय रुपैयाँमा बिक्री भइरहेको छ।

उनले बिरुवा पनि उत्पादन गरिरहेका छन्। राजनीति त्यागेर कृषि कर्ममा लागेका मगरलाई राजनीति व्यवसाय बनेको प्रति भने चिन्ता छ। राजनीति समाजसेवा भए पनि अहिले पेसा व्यवसाय बनाएर गइरहेकोमा उनी आक्रोससमेत व्यक्त गर्छन्। राजनीतिलाई पेसा बनाउन नहुने, सामाजिक सेवामा लैजानुपर्ने, राजनीतिमा लागेका असल कार्यकर्तालाई मूल्यांकन गर्न नसक्दा राजनीति विचलन तिर गएको उनी बताउँछन्।

उनले कठ्ठाको वार्षिक झन्डै ४ हजार पर्ने गरी ६६ कठ्ठा जग्गा १५ वर्षका लागि भाडामा लिएर खेती सुरु गरेका छन्। १५ वर्षमा जग्गाको भाडामात्रै झन्डै ४० लाख छ। हालसम्म उनीहरूले व्यवसायका लागि एक करोडको हाराहारीमा लगानी गरिसकेका छन। ड्रागन फ्रुटको साथमा उनीहरूले सर्पगन्धा, पेपिलो मेलन, कुरिलो, काँक्रा, फर्र्सी, मकैलगायत फलफूल, जडीबुटी तथा अन्नबाली पनि घुसुवा बालिका रूपमा लगाएका छन। जमिनमा यी बाली छन् भने माथि ड्रागन फ्रुट फलेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.