कोरोना कहर : जाजरकोटमा एक हप्ता निषेधाज्ञा

कोरोना कहर : जाजरकोटमा एक हप्ता निषेधाज्ञा

जाजरकोट : स्थानीय प्रशासनले जाजरकोट सदरमुकाम खलंगामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ । सदरमुकाममा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले सोमबार राती १२ बजेदेखि १५ गते १२ बजेसम्मका लागि निशेषाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहनीले बताए । 

अत्यावश्यक बाहेकका सबै सरकारी कार्यालयको कामकाज समेत बन्द गरिएको छ । केही दिनअघि स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पश्चिम रुकुमको चौरजहारीस्थित मिसन अस्पताल (कोरोना अस्पताल) पठाइएका २० मध्ये १९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

भेरी नगरपालिकाले संकलन गरेका १३ मध्य बाहुनथाना स्वास्थ्य चौकीमा कार्यरत एकजना स्वास्थ्यकर्मी, एकजना बैंकका कर्मचारी र दुईजना भेरी नगरपालिकाका कर्मचारी रहेका छन् । त्यस्तै स्वास्थ्य सेवा कार्यालयको एक प्रोजेक्टका दुईजना कर्मचारी, प्रहरी दुईजना, दुईजना नेपाली सेना र अन्य स्थानीयमा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका महामारी फोकल व्यक्ति कृष्णबहादुर खत्रीले बताए ।

स्थानीय, सुरक्षाकर्मी, बैंकका कर्मचारी, नगरपालिकाका कर्मचारी,स्वास्थ्यकर्मीलगायत सबै क्षेत्रका मानिसमा कोरोना देखिएकाले धेरै मानिसलाई संक्रमण भएको आशंका गरिएको छ । ती मानिससँग प्रत्यक्ष सम्पर्कमा आएकाको कन्ट्रयाक ट्रेसिङ्का आधारमा पीसीआर परीक्षण गर्न पहल भइरहेको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए ।

कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि भेरी नगरपालिका र राष्ट्रिय बाणिज्य बैंक सिल गरिएको छ । त्यहाँ कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.