तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत उपाध्याय निलम्बित
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायलाई तीन महिना निलम्बन गर्दै १५ लाख धरौटीमा सोमबार रिहा गरेको जनाएको छ ।
आयोगका प्रवक्ता रातानाथ अधिकारीले उपाध्यायको थप अनुसन्धानका लागि तीन महिना निलम्बन गरिएको र अहिले उनीलाई १५ लाख रुपैयाँ धरौटीमा छोडिएको बताए । प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङबाट काठमाडौं जाँदै गर्दा साउन १६ गते नागढुंगाबाट स्रोत नखुलेको १४ लाख ४८ हजार ७९६ रूपैयाँसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका उपाध्ययविरुद्ध आयोगले दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार विनार ऐन र मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम जमानतामा रिहा गरेको जनाइएको छ ।