बोक्सोको आरोपमा बन्धक बनाइ वृद्ध कुटपिट गर्ने ६ जना पक्राउ
![बोक्सोको आरोपमा बन्धक बनाइ वृद्ध कुटपिट गर्ने ६ जना पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/arrested_20180911053149_INe18rraM8.jpg)
सिन्धुली : सिन्धुली पश्चिम हरिहरपुरगढीमा बोक्सोको आरोप लगाउँदै एक वृद्धमाथि निर्घात कुटपिट गर्ने ६ जनालाई पक्राउ गरिएको छ । हरिहरपुरगढी गाउँपालिका ५ हात्तिदमार निवासी ७२ वर्षीय लक्षुमान बम्जनलाई बोक्सोको आरोप लगाइ बन्धक बनाइ निर्घात कुटपिट गरेको आरोपमा स्थानीय ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुशन्धान थालेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार हात्तिदमार बस्ने वर्ष ३० वर्षीयम हरिमाया वाइबा, २३ वर्षीय शुकबहादुर वाइबा, ५० वर्षीयम फुलमाया वाइबा, २६ वर्षीयम रजिनामाया वाइबा, २४ वर्षीय लाल भन्ने तासिङ लामा र काभ्रे जिल्ला धुलिखेल नगरपालिका– ८ बस्ने २२ वर्षीय सुरेन्द्र तामाङलाई नियन्त्रणकम लिएको हो।
जिल्ला अदालत सिन्धुलीबाट एक साताको म्याद लिएर थुनामा राखी उनीहरुमाथि अनुशन्धान गरिएको उनले बताए। आरोपितले वृद्धलाई अपहरण तथा शारीरिक बन्धक बनाइ चार घण्टासम्म थुनेर कुटपिट गर्नुका साथै अमानवीय व्यवहार गरेको पीडित पक्षको आरोप छ । उक्त घटना भदौ ४ गते घटेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाले घरमा बसिरहेका वृद्धलाई घरमै आएर अपहरण शैलीमा नियन्त्रणमा लिइ पाँच सय मिटर पर रहेको फुलमाया वाइबाको घरमा लगि यातना दिइएको पाइएको प्रहरीले जनाएको छ ।
पीडित वृद्धलाई हातखुट्टा बाँधी छातिमाथि लात्तै लात्ताले हिर्काएको पीडित पक्षको आरोप छ । घट्नामा अन्य व्यक्तिको समेत संलग्नता रहेको पाइएको र उनीहरु फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य जारी छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)