भक्तपुरका कोरोना संक्रमितको धुलिखेल अस्पतालमा मृत्यु
भक्तपुर : भक्तपुर सुर्यविनायक ८ घर भई धुलिखेल अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ। मंगलबार राति ११.५५ बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए।
५५ वर्षीय कोरोना संक्रमितको मुटु र थाईराईड रोगबाटसमेत पीडित थिए। तीन दिन अघि अस्पतालमा भर्ना भएका उनलाई परीक्षणको क्रममा कोरोना समेत देखिएको थियो। अन्त्यष्टी नेपाली सेनाले पशुपतिमा रहेको विद्युत्तिय शवदाह गृहमा गर्ने तयारी गरेको छ।
यस अघि धुलिखेल अस्पतालमा उपचारको क्रममा ९८ वर्षीय जेष्ठ नागरिकको मृत्यु भएको थियो भने धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक जिल्ला घर भई कोरोना संक्रमण पुष्टि भएर उपचार नहुँदै सुत्केरी महिलाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस !