कोरोना संक्रमितले आइसोलेसन व्यवस्थापनका लागि ५० हजार सहयोग गर्ने
मुगु : सोमबार कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको स्वाब परीक्षणमा गर्दा कोरोना भाइरस पोजिटिभ पुष्टि भएका स्वास्थ्य सेवा कार्यालयका मुगुका लेखापालले सुरेश केसीले जिल्ला कारागार भवनमा निर्माण गरिएको आइसोलेसनको व्यवस्थापनका लागि ५० हजार नगद सहयोग गर्ने भएका छन्।
जिल्ला स्वास्थ्य सेवा कार्यालको लेखा फाँटमा कार्यरत लेखापालले सुरेश केसीले आफनो पीसीआर परिक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि आफ्नै डेराको होम आइसोलेनमा बस्दै आफनो दोस्रो रिपोर्ट नेगेटिभ आए जिल्ला कारागार भवनमा निमार्ण गरिएको ५० बेडको आइसोलेसन व्यवस्थापनका लागि आफनो दुई महिनाको तलबबाट ५० हजार नगद सञ्चारकर्मीको रोहबरमा प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्ने आफ्नो फेसबुक स्ट्याटस मार्फत जानकारी दिएका हुन्।
जिल्लामा रहेका चार वटा स्थानीय तह मध्य खत्याड गाउँपालिकामा यसअघि देखिएका ३ जना संक्रमितमध्य २ जनाले कोरोना जितेर घर फर्किसकेका छन्। सोही गाउँपालिकाको एक जना महिला रातापानी आइसोलेसनमा रहेकी छन्। सोमबार कोरोना पोजिटिभ देखिएका छायाँनाथ रारा नगरपालिका क्षेत्रभित्र रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका लेखापाल आफ्नै क्वाटरमा सेल्फ आइसोलेसनमा बसेका छन्। जिल्लाका सोरु र मुगुम कार्मारोङ्ग गाउँपालिकामा शून्य संक्रमित रहेका छन्।
कोरोना भाईरस पोजेसटिभ देखिएका लेखपाल सुरेश केसिले आईसोलेसन ब्यवस्थापनकालागी ५० हजार नगद सहयोग गर्ने प्रतिबद्धता आफनो फेसबुक स्र्टाटर्स। फोटो केसिको फेसबुक
प्रतिक्रिया दिनुहोस !