कर्मचारीमा कोरोना देखिएपछि इलाका प्रशासन र स्वास्थ्य चौकी सिल

कर्मचारीमा कोरोना देखिएपछि इलाका प्रशासन र स्वास्थ्य चौकी सिल

दाङ : तुलसीपुरमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्थानीय सरकार विभिन्न ठाउँमा सिल गर्न थालेको छ। बुधबार आएको पीसीआर परीक्षणमा चारजना समुदाय स्तरका व्यक्तिमा कोरोना संक्रमण देखिए विभिन्न ठाउँ सिल भएका छन्। 

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको बसेको बैठकले तत्काल कोरोना परीक्षणको दायरा बढाउने निर्णयसमेत गरेको छ। यसका साथै संक्रमण देखिएका कार्यालयहरु पूर्ण रुपमा सिल गर्नका लागि सम्बन्धित निकायसँग पहल गर्ने निर्णय समेत गरेको विपद शाखा प्रमुख भीमप्रकाश खत्रीले जानकारी दिए।

तुलसीपुर इलाका प्रशासन कार्यालयका चालकमा कोरोना संक्रमण पोजिटिभ आएकाले कम्तीमा पनि ७ दिनसम्म कार्यालय सिल गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग कुरा भएको छ’, नगरप्रमुख पाण्डेले भने। उनले वडा नम्बर ११ को बेलटाकुरामा रहेको स्वास्थ्य चौकीका कर्मचारीमा पनि कोरोना देखिएपछि उक्त कार्यालय पनि सिल गरिने जानकारी दिए। 

यसैबीच तुलसीपुर उपमहानगरपालिकाले ठूलो परिमाणमा सामुदायिकस्तरमा कोरोना परीक्षण गरेर के गर्ने भन्ने निर्णय गर्ने नगरप्रमुख पाण्डेले जानकारी दिए। अहिलेलाई तत्काल कन्ट्याक्ट टे«सिङ्ग र सामुदायिक स्तरमा धेरै संख्यामा परिक्षण गरिनेछ त्यसपछिको नतिजाले के गर्ने भन्ने निर्णय हुने पाण्डेले बताए।

संक्रमणको सम्भावना भएकाले अत्यावश्यक कामबाहेक बाहिर नआउनका लागि सबै जनतामा अपिल गरिएको छ।  

जोखिम बढ्दै गएकाले अत्यावश्यक कामबाहेक घरमै बसिदिन समेत सबैलाई अनुरोध गरिएको छ। वडा कार्यालयदेखि सबै सरकारी कार्यालयमा सचेत भएर काम गर्न उनको अनुरोध छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.