सीमा क्षेत्रमा लाखौं रकम बरामद

सीमा क्षेत्रमा लाखौं रकम बरामद

रौतहट : सशस्त्र प्रहरीले रौतहटबाट २८ लाख भन्दा बढी नगद रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ । बरामद भएको नगद हुण्डी कारोवारीको हुनसक्ने आशंका गरिएको छ । बिहीबार बिहान करीब ७ बजेतिर रौतहटको इशनाथ नगरपालिका ९ लवतनाटोल नजिकैबाट राजपुर नपा ९ बैरियाटोल घर भएका २० वर्षीय दिलिप कुमार साहलाई  नेपाली रुपैयाँ २८ लाख ५१ हजार ९ सय ६० सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल रौतहटका एसपी सूर्यबहादुर सेन ओलीले जानकारी दिए।

भारतबाट नेपातर्फ बिआर ३० एन ९५८० नम्बरको मोटरसाइकलमा आउँदै गरेका साहलाई नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। चेकजाँचका क्रममा उनले हेलमेट तथा मोटरसाइकलको सिटमुनी लुकाएर राखेको रकम बरामद गरिएको हो।

बरामद नगद ,मोटरसाइकल र मोबाइलसहित उनलाई गौर भन्सार कार्यालयमा बुझाइएको छ । केही दिनअघि पनि श्रोत नखुलेको  करीब ४ लाख रकमसहित दुई महिला रौतहटमा पक्राउ परेका थिए ।  उनीहरु टिकुलिया नजिकै घाँस काट्ने बाहनामा आएका थिए । साउन ६ गते इशनाथ नपाको मठियाबाट ११ लाख लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो ।

त्यसअघि इसनाथ नपाबाटै बेवारीसे झोलामा रहेको करीब १० लाख नगर प्रहरीले फेला पारेको थियो । जेठ ८ गते गौर नपा बाटै श्रोत नखुलेको ८ लाख नगद बरामद भएको थियो । नेपाल- भारत सीमा क्षेत्रमा हुण्डीको कारोवार हुने गरेको जानकारहरु बताउँछन्।
  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.